1478958692 banner ad format

 
 

भक्तपुर । दलबीच विवाद भएपछि गत शुक्रबारदेखि स्थगित भएको चाँगुनारायण नगरपालिकाको मतगणना आजबाट पुनः सुचारु हुने भएको छ । 


bhaktapur min
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वदलीय बैठकमा दलबीच सहमति भएपछि आज ५ बजेबाट पुनःमतगणना सुरु हुने भएको हो । 

बैठकपछि प्रतिक्रिया दिँदै प्रजिअ पोखरेलले भने –“मतगणना रोकिएको ६ दिन भइसक्यो, पटक÷पटकको छलफलबाट पनि निकास निस्किएन तर आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दलबीच सहमति कायम भयो, त्यसैले आज ५ बजेदेखि पुनःमतगणना गर्ने भएका छौ ।” 

सर्वदलीय बैठकमा दलबीच मतगणना भइसकेको चाँगुनारायण नगरपालिका – ३ र ४ मा पुन ःमतगणना गर्ने र निरन्तर रुपमा मतगणना कार्य अगाडि बढाउने सहमति भएको हो । यसअघि मतगणनामा बसेका कर्मचारी कोही पनि नराख्ने र नयाँ कर्मचारी राखेर मत गणना गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए । 

गत शुक्रबार वडा नं– ३ र ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नगरेको र एमालेको उम्मेदवारलाई मत थप गरेर जोडेको भन्दै एमाले बाहेकका अन्य दलले विरोध गरेपछि मतगणना रोकिएको थियो । 

त्यसपछि अन्य दलले ३ र ४ वडाको मत गणना पुनः गर्नुपर्ने माग राखेको र एमालेले भने पुनः मतगणना गर्ने भए एकदेखि नै गर्नुपर्ने अडान राख्दै आएको थियो । 

मतगणना रोकिएपछि नेपाली काँग्रेसले आज विज्ञप्ति जारी गर्दै मतगणना सुरु गर्न माग गरेको थियो भने दलका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा बैठक बसिरहदा मतगणना छिटो गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood