tealaya add

Chargagaimurder arrested after 5 years kantipathnews

मकवानपुर । जबर्जस्ती करणी मुद्दामा फरार रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाइँ ५ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागाइँलाई २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।


कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले गत असार ३ गते मंगलबार हेटौंडा–२ बाट पक्राउ गरेको हो ।

उनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...