1478958692 banner ad format

 
 

चितवन - बाढीले बगाएर घाइते भएको दुर्लभ एकसिंगे गैँडा उपचारकै क्रममा बुधबार दिउँसो मरेको छ । 

Chitwan National Park

बाढीले बगाएर पूर्वी चितवनको कुमरोज सामुदायिक वनमा ल्याइपु¥याइएको घाइते गैँडा बुधबार दिउँसो मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । 

उनका अनुसार अघिल्लो हप्ता चितवनको राप्ती नदीमा आएको बाढीले अन्दाजी १६, १७ वर्षको भाले गैँडालाई बगाएर कुमरोजस्थित चितवन राष्ट्रिय निकुञ्जको जनकपुर पोष्ट नजिकै ल्याएको थियो । 

बाढीका कारण गर्धन तथा खुट्टामा गम्भीर चोट लागेको उक्त गैँडाको पशु चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । “हिजोसम्म घाँस खाँदै थियो आज अपराह्न एक्कासि म¥यो, पाठकले भने, भित्री अंगमा गम्भीर चोट लागेकाले उपचार सफल हुन सकेन ।” 

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले गैँडालाई बाढीले राप्ती नदीको स्परमा ठोक्याउँदै ल्याएकाले भित्री अंगमा गम्भीर चोट लाग्दा बचाउन नसकिएको बताए । 

उनले कुमरोजका स्थानीय र निकुञ्ज अधिकारीहरुको निगरानीमा गैँडाको उपचार चल्दै गर्दा बुधबार दुःखद मृत्यु भएको बताए । बाढीले बगाएर गैँडा मरेको यो दोस्रो हो । 

यसअघि बाढी आएकै दिनको भोलिपल्ट निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत अमल्टारीमा एउटा गैँडाको मृत्यु भएको थियो । मृग प्रजातिका छवटा जनावर पनि बाढीले मारेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

yummyfood