1478958692 banner ad format

 
 

रत्ननगर (चितवन) । रत्ननगर नगरपालिका प्रमुखमा नेकपा (एमाले)का नारायण वन विजयी भएका छन् । उनले १४ हजार ६ सय ७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २ सय २७ मत ल्याए ।

Chitwan Ratnanagar municipality UML narayan and bimala

उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ हजार ४८१ मतका साथ विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नीता ढकालको १२ हजार ७०३ मत आएको निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिए ।

रत्ननगरका वडाध्यक्षमा एमालेका तर्फबाट १० र काँग्रेसका तर्फबाट ६ जना निर्वाचित भएका छन् । काँग्रेसबाट  वडा नम्बर १ मा शङ्कर लामा, २ मा तिलकराज पौडेल, ६ मा बलराम दहाल, ७ मा राजन भट्ट, ११ मा शशीभक्त न्यौपाने र १२ मा वीरबहादुर पाख्रिन विजयी भए ।  

एमालेतर्फ वडा ३ नम्बर वडामा गोविन्द भट्टराई, ४ मा रवीन्द्र चौधरी, ५ मा कृष्ण महतो, ८ मा विनोद बस्नेत र ९ मा रोजन आचार्य विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट अन्य विजयी हुनेमा १० नम्बरमा केशव आचार्य, १३ मा चित्रबहादुर भण्डारी, १४ मा हरिकुमार श्रेष्ठ, १५ मा होमनाथ लामिछाने र १६ मा हेमराज थापा छन् ।

यसअघि चितवनको राप्ती र कालिका नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा एमालेले जितेको छ भने माडीका प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा एमाले तथा इच्छाकामना गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा काँग्रेस विजयी भइसकेका छन् । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिका मतगणना भइरहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood