1478958692 banner ad format

 
 

रत्ननगर (चितवन) । संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र चितवनको टिकौलीस्थित जैविकमार्गमा जथाभावी सवारीसाधन रोक्ने चालक अब कारबाहीमा पर्ने भएका छन् । 

Chitwan tikaulisthita jaivikamargama

जथाभावी फोहर फाल्ने, गाडी रोक्ने र वन्यजन्तुको सुरक्षामा हेल्चेक्र्याई गर्नेलाई जरिवानादेखि मुद्दा चलाउनेसम्मको कारबाही गर्ने निर्णय भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। 

राससमा ‘जैविकमार्गको सुरक्षा चुनौतीपूर्ण’ भन्ने शीर्षकमा समाचार आएपछि निकुञ्जले पोस्ट स्थापना गरी संयुक्त गस्ती गरेर त्यहाँ जथाभाबी गर्ने चालकलाई कारबाही गरिने भएको हो । 

निकुञ्ज, जिल्ला वन कार्यालय, ससस्त्र वन रक्षक तालिम केन्द्र तथा नेपाली सेनाबाट सो क्षेत्रमा संयुक्त गस्ती गरी सुरक्षामा कडाइ गरिने मङ्गलबार निर्णय भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । 

हेल्चक्र्याई गरेर गाडी रोकेमा मोटरसाइकललाई रु १००, साना सवारीलाई ५०० र ठूला सवारी साधनलाई रु एक हजार जरिवाना गरिने पाठकको भनाइ छ । साउन १ गतेदेखिनै सुरक्षा टोली परिचालन गरेर कारबाही थालिने छ । त्यसअघि भने प्रचारात्मक कार्यक्रम सञ्चालन गरेर चालकलाई जानकारी दिइने निकुञ्जको भनाइ छ । 

यहाँ सञ्चालित सीसी क्यामरा मर्मत गरी गस्ती प्रभावकारी बनाउन सशस्त्र वन रक्षक तालिम केन्द्रलाई निर्देशनसमेत दिइएको छ । 

यही असार २३ गतेबाट ‘संरक्षणका लागि एक मिनेट’ अभियानसमेत शुरु गरेर चालकलाई सचेत गराइने निकुञ्जले जनाएको छ । टिकौलीसँग जोडिएका सामुदायिक वनमा सरसफाइ अभियान चलाउन समेत आग्रह गरिएको पाठकले बताए। 

 जैविक मार्गमा बाघ, गैँंडा, चित्तल, जरायो, मृगलगायत वन्यजन्तु राजमार्गबाटै ओहरदोहर गर्छन् । गाडीले यस्ता वन्यजन्तुलाई किचेर भाग्ने गरेकाले सुरक्षामा कडाइ गर्न लागिएको हो । 

टिकौलीस्थित जैविकमार्गमा अस्थायी सुरक्षा पोस्ट स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । निकुञ्ज र वन कार्यालयको समन्वयमा नेपाली सेना तथा सशस्त्र वन रक्षक समेतको सहभागितामा सडक गस्ती गर्नेगरी सुरक्षा पोस्ट निर्माण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

प्रकासित मिति

Loading...

 

yummyfood