1478958692 banner ad format

 
 

झापा- पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव हुँदा झापाका बाढी प्रभावितहरुलाई शुद्ध खानेपानीको समस्या भएको छ।

Chlorine Tablets min

क्लोरिन चक्की अभाव हुँदा बाढी प्रभावितहरुलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयमा मौज्दात रहेको दस हजार चक्की वितरण गरिसकिएको स्टोरकिपर रमेश खतिवडाले बताए । जनस्वास्थ्य कार्यालयमा पाँच हजार र युनिसेफले उपलब्ध गराएको पाँच हजार क्लोरिन चक्की वितरण गरिएको हो।

नेपाली सेनाले पनि कचनवकल गाउँपालिकास्थित केचनाका बाढीपीडितलाई पाँच हजार चक्की बाँडेको जनाइएको छ।

जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुधन कोइरालाले क्लोरिन चक्कीको अभाव रहेको स्विकार्दै चक्कीको व्यवस्था गर्न पहल गरिरहेको जानकारी दिएका छन् । बाढीको समयमा दूषित पानीको कारणले झाडापखाला, रुघाखोकी जस्ता समस्या देखिने गरेकाले पानी शुद्ध बनाउन क्लोरिन चक्की अत्यावश्यक हुने कोइरालाले बताए।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा जनस्वास्थ्य कार्यालय झापाले शनिबारदेखि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आम्दा अस्पताल दमक, नेपाल रेडक्रस सोसाइटी झापासँगको सहकार्यमा साताव्यापी स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ। स्वास्थ्य शिविर जिल्लाको अतिप्रभावित क्षेत्र झापा गाउँपालिकाका साथै कमल, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा केन्द्रित हुनेछ।

हाल बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहित चार/पाँच जना स्वास्थ्यकर्मी खटाएर सात वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको जनस्वास्थ्य प्रमुख कोइरालाले जानकारी दिए। 

प्रकासित मिति

Loading...

 

yummyfood