काठमाडौं। सहरी विकास मन्त्रालयले भदौंसम्ममा राजधानीमा रहेका सबै पार्क तथा सार्वजनिक स्थलहरु सझासुग्घर गर्ने निर्णय गरेपनियसको कार्यान्वयनभएको छैन । राजधानीका सार्वजनिक स्थलतथापार्कहरुको सरसफाई र हराभरासहितसुन्दर बनाउने जिम्मेवारी काठमाडौं उपत्यकाविकास प्राधिकरणले लिएको थियो ।

Bhai kaji Tiwari


सहरी विकास मन्त्रीप्रभु साहले मन्त्रालयले जिम्मेवारी सम्हालेलगतै असार तेस्रो साताभदौं मसान्तभित्रमा सबै पार्कहरुलाई व्यवस्थित रुपमा सरसफाई गरी सुन्दर र आकर्षक बनाउनमन्त्रालयगत निर्णयनै गरेकाथिए । यो जिम्मेवारी प्राधिकरणका प्रमुखआयुक्त डा. भाईकाजीतिवारीले पाएकाथिए । तर अहिलेसम्म निर्णयको कार्यान्वयन त के काम समेत सुरु भएको छैन ।


पार्कमाबोटविरुवा सजावट र सरसफाईको जिम्मेवारी प्राधिकरणको भएपनिअहिलेसम्मकुनै पनिकाम सुरु नभएको हो । मन्त्री साहभने मन्त्रालयले गरेको निर्णय कार्यन्वयननभएकोमाअसन्तुष्टिभएका छन ।

साहले सफाई जस्तो कामआफै जानेर गर्ने हो अझै निर्णयगर्दा समेत कार्यान्वयनभएनकर्मचारीको काम गराईको तरिक देख्दाआफैलाई दिक्कलागेको उनको गुनासो छ । आफनो घर कोठाको सफाई गर्न कसैको आदेश र निर्णय पर्खिन नपरेजस्तै सम्बन्धीतमातहतकमानिकायले गर्ने दैनिककामपनिसहज रुपमागर्नु पर्ने हो तर त्यस्तो हुने गरेको छैन कुनै पनि सरकारी निकार्यमा यो आफैमा हेपाहाप्रवृतिको विकास भएको रुपमालिन सकिन्छ, मन्त्री साहको भनाई छ ।


राजधानीका सार्वजनिक स्थलतथापार्कहरु सहरी विकास मन्त्रलायमातहतकानिकायले संरक्षण, सम्बद्धन र व्यवस्थापनगर्ने जिम्मेवारी छ । चाडपर्वसँगै राजधानीकाअधिकास सार्वजनिक क्षेत्रहरुको सरसफाई गर्ने जिम्मेवारी मन्त्रालयले प्राधिकरणलाई दिएपनिअझैसम्मकामगर्न नसकेको आरोप मन्त्रालयकापदाधिकारीको छ ।


प्राधिकरणका प्रमुखआयुक्ततिवारीले बैठकमा आफुले काम पुरा गर्ने बचनसहितजिम्मेवारी सम्हालेकाभएपनि केहीपनिकाम सुरु गर्ननसकेको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।उनले भने तिवारीजीले भदौं मसान्तभित्रमा राजधानीकापार्कहरुलाई सुन्दरतादिनहौसिएको भएपनि स्वयम्उहाँकै कारण अहिलेसम्मकुनै पनिकामअनुभूतिगर्ने गरि नतिजामाल्याउननसक्ने किनजिम्मेवारी लिएकाहोलान् ।


यतातिवारी भने टुडिखेललाई सफागर्न खोजेको भएपनिनसकिएको बताए । उनले अहिले सेनाले निर्माण सामग्री राखेकाले समस्याभएको बताएका छन । शंखमुलपार्क, नारायण गोपालचोक, नयाँबसपार्कलगायतका क्षेत्रमाभने कामभएको तिवारीको दाबी छ ।
यता राजधानीको फोहोर उठाउन बन्दभएकाले पनि सफाईमा समस्याभएको उनको भनाई छ ।फोहोर मेलाको व्यवस्थापनगर्ने आफनो नियन्त्रण भन्दाबाहिर भएको सार्वजनिकस्थलबाट फोहोर नउठ्दाँसमयमै कामहुननसकेको उनी स्विकार गर्छन ।

सार्वजनिक स्थलमाक्रमशः सफाई भएको भन्दै उनले भने आफु कुचो लिएर बडाने होइन सफाई गर्ने आफनो बार्षिक कार्यक्रमपनिहोइन यो त आफ्नो क्षेत्रभन्दाबाहिरको कुरा हो यसमासमन्वयमात्रगर्ने हो । तिवारीलाई मन्त्रलायले उपत्याकाभित्रकापार्क तथा सडकहरुमा हरियारी बनाउनबोटविरुवा लगाउने, भएकालाई उचित संरक्षण गर्ने सार्वजनिक स्थलहरु पूर्णरुपमा सफागरि व्यवस्थापनगर्न भनिएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...