1478958692 banner ad format

 
 

रत्ननगर/चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरु जुटेको बताउनुभएको छ । 

दिनभर चुनावी घरदैलो कार्यक्रममा सहभागी अध्यक्ष प्रचण्डले पश्चिम चितवनको पटिहानीस्थित पदमपोखरीमा शनिबार बेलुका भएको चुनावीसभाका क्रममा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान अहिले चुनावका कारण मात्रै रोकिएको बताउनुभयो । 

निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डले चुनावलगत्तै कम्युनिष्ट गठबन्धन एकतामा परिणत हुने जिकिर गर्दै अन्य कम्युनिष्ट पार्टीलाई समेत एक बनाएर एउटा केन्द्र निर्माणको प्रयास जारी रहेको बताउनुभयो । 

चुनावपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै उहाँले सबै कम्युनिष्ट उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गर्नुभयो । चितवनको विकास गरी नमुना सहर बनाउन आफू यहाँ आएको उल्लेख गर्दैे प्रचण्डले यहाँको राप्ती, नारायणीमा तटबन्धन गरी चक्रपथ निर्माण गर्ने आश्वासनसमेत दिनुभयो । 

उहाँले भरतपुर महानगरपालिका वडा नं १४, १५, २१ र २२ वडाका फूलबारी, शिवनगर, पटिहानी, पार्वतीपुरलगायत क्षेत्रमा घरदैलो कार्यक्रम गर्नुभएको थियो । घरदैलोका क्रममा स्थानीय बासिन्दाले बाटोघाटो, खानेपानी र स्कूल निर्माणमा ध्यान दिन आग्रह गरेका थिए । उहाँले शनिबार नै वाम गठबन्धन निकट कानुन व्यवसायीसँग भएको अन्तरक्रियामा सहभागी हुँदै यो ऐतिहासिक अवसर गुमाउन नहुनेमा जोड दिनुभएको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood