company kantipath

नेपालगञ्ज - बाँकेको जानकी गाउँपालिका ५ गनापुरमा ६३ उद्योग स्थापना भएका छन्। नेपालगञ्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको गनापुरमा लहरै उद्योग स्थापना भएका छन्।

४४ वटा सञ्चालनमा र १९ वटा सञ्चालनको तयारीमा छन्। नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० वटा मात्रै उद्योग सञ्चालनमा छन् भने गनापुरमा सिमेन्ट, आइरन, खाद्य, इँटा जडिबुटी, रोजिन र औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्त्व राख्ने ठूला उद्योग स्थापना भएका हुन्।

जानकी गाउँपालिका ६ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गसँग जोडिएको र नेपालगञ्ज उपमहानगरपालिका नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढेको बताए।

यहाँ स्थापित ६३ मध्ये ६ उद्योग अहिले बन्द अवस्थामा छन्। पाँच भने खुल्ने तयारीमा छन्। उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए।कान्तिपुर दैनिक ।।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...