1478958692 banner ad format

 
 

काठमाडौँ -बिश्व वाताबरण दिवसको अवसर पारेर नेपाल युवा परिषदको आयोजनामा राजधानीमा “कनेक्टिङ युथ टु नेचर” नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवाहरुले वाताबरण संरक्षणको लागि दिनसक्ने योगदानको साथै वाताबरणको बिषयमा बिश्वभरि चलिरहेको कार्यक्रमहरुको बारेमा यस क्षेत्रमा सक्रिय युवाहरुसंग अन्तरक्रिया गरेका थिए ।

Connecting Youth to Nature

कार्यक्रममा सोसियल एड्र्डेस नामक रिसर्च सेन्टरका डिरेक्टर पुण्य भण्डारीले सहभागिहरुलाई दिगो बिकासका उदेश्यहरुको बारेमा जानकारी गराएका थिए । उनले बिश्वको सामु चुनौतीको रुपमा रहेको मौसम परिवर्तन, बढ्दो तापक्रमको कारण र यसलाई कम कसरी गर्न सकिन्छ भन्ने बिषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा मिस टुरिजम जेनी आमात्यले पर्यटनको बिकास र यसमा देखिएको समस्या समाधानको बिषयमा चालिनुपर्ने कदमको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा वाइल्ड लाइफ फोटोग्राफरले ओम प्रसाद यादवले वाइल्ड लाइफ फोटोग्राफी सम्बन्धि चुनौती र यसको सम्भावनाको बारेमा अवगत गराए भने अमिशा पोखरेलले वन विज्ञानको बिषयमा सहभागिलाई जानकारी गराएकी थिइन् ।

Connecting Youth to Nature1

यसैगरि कार्यक्रममा नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँज्युले नेपाल युवा परिषदको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । एसएमसिआरएफका प्रतिनिधी हेम प्रसाद कट्वालज्युले यस संस्थाले गर्ने कार्यहरुको बारेमा सहभागिहरुलाई अवगत गराएका थिए । कार्यक्रममा बिश्व वन्यजन्तु कोषका डेपुटि डिरेक्टर युगान मानन्धर र ग्रिन हुड नेपालका प्रतिनिधी रेगन सापकोटाले उनीहरुको वाताबरण सम्बन्धि बिषय र मौसम परिवर्तनको बिषयमा युवाहरुलाई कसरी सुसुचित आवद्ध बनाउन सकिन्छ भन्ने बिषयमा समग्रमा जानकारी गराएका थिए |

कार्यक्रममा सहभागिहरुलाई नेपाल अटोमोवाइल एशोसिएशन फण्डका महासचिव गोविन्द भट्टराई र विश्व वन्यजन्तु कोषका डेपुटि डिरेक्टर युगान मानन्धरले प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रम वाताबरण, बनजंगल, पर्यटन आदि क्षेत्रमा अध्ययन गरिरहेका ३५ जना युवाहरुको सहभागि रहेको थियो । 

 

प्रकासित मिति

Loading...

 

yummyfood