annapurna add

103077697 668519503714839 635892735923978240 n

प्रहरीमा जवान देखि अधिकृतसम्मलाई आफ्नो जिल्लामा नखटाउने निति भएपनि एकजना डिएसपीलाई भने त्यो निति लागू भएको छैन।प्राप्त समाचार अनुसार प्रहरी निरीक्ष हुँदा देखि अहिलेसम्म जन्मथलो कास्की बस्ने सौभाग्य प्राप्त गर्ने डिएसपी रविन्द्र गुरुङ हुन्।डिएसपी रविन्द्र गुरुङ इनिस्पेक्टर हुँदा रामबजार, जिप्रका पोखरा, लागु औषध कास्की हुँदै पर्यटकीय नगरी पोखरा छाड्नु परेन।

पर्यटकीय नगरी पोखरामा जन्मे हुर्किएर प्रहरी सेवाको इनिस्पेक्टरमा जागिर खाएपछि उनको मान ह्वात्तै बढेको उनकै समकक्षीहरु बताउँछन्।उनको कास्की पोखरामा उत्पातै चर्चा छ।उनको सम्बन्ध होटल, रेष्टुरेन्टदेखि डनहरुसँग पनि उत्तिकै छ।

हालको सरुवा जिल्ला प्रहरी कार्यालय लम्जुङ बाट फेरी ४ नम्बर प्रदेश कार्यालयमा भएको छ। गुरुङको घमण्ड र कार्य शैली हेर्ने हो भने निरवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालले ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको ठिक उल्टो गर्ने गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र संघिय संसदका सांसद एवम् नेकपा नेता देव गुरुङको नाम भजाएर कास्कीमा कार्यरत रहँदा डिएसपी रविन्द्र गुरुङले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई आफू अनुकुल बनाएर रकम असुल्ने र व्यवसायिलाई सताउने कार्यमा उपयोग गरेका थिएँ ।

चेन अफ कमाण्डलाई रौं बराबर नमानी एसपीको समेत मान मर्दन गर्ने गरेका डिएसपी गुरुङको छत्रछाँया र लगानीमा खुलेको रातोघर नामको रेष्टुरेन्ट कास्कीमा चर्चाको विषय बनेको थियो । अन्य व्यवसायिलाई रातको ११ बजे बन्द गर्न निर्देशन दिने डिएसपी गुरुङको लगानी भएको रातोघरमा बिहान ३ बजेसम्म खोलेर केटी नचाउने गरिन्थ्यो । डिएसपी गुरुङका विषयमा विभिन्न संचार माध्यममा समाचार आउन थालेपछि रातोघर रेष्टुरेन्टबाट उनी बाहिरिएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहँदा भित्र जिम हल बनाउने र विभिन्न स्थानमा सिसि कयामरा जडान गर्ने नाममा डिएसपी गुरुङले पैसा पठाउन थालेपछि पोखराका व्यवसायी आतंकित भएका थिए ।

डिएसपी गुरुङको चौतर्फिबाट विरोध र उजुरी परेपछि संघिय प्रहरी ४ नम्बर प्रदेशले छानविन समिति गठन गरेको थियो । छानविन समितिले आफूलाई केही गर्न नसक्ने भन्दै पृथ्वीसुब्बा गुरुङ र देव गुरुङको बलमा लम्जुङ जिल्लाको इन्चार्य भएर गएका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...