annapurna add

5f309ac302cc9 corona 1

मनहरी गाउँपालिका वडा नं ८ सिम्पानीमा अवस्थित आइसोलेशन कक्षलाई नै २४ श्ययाकोे कोरोना विशेष अस्पतालमा रुपान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अगाडि आइसोलेशनको व्यवस्थापनको जिम्मा स्थानीय निकायबाट हुने जनाएको थियो । मन्त्रालयको १० लाख अनुदानमा अस्पतालको स्थापना गरिएको र वाग्मती प्रदेश सरकारबाट समेत १० लाख विनियोजन भइसकेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिनुभयो ।

अब कोरोना सङ्क्रमित बिरामीलाई थप उपचारको लागि हेटौँडा, भरतपुर, काठमाडौँ लगायतका अस्पतालमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो । अस्पतालमा एक चिकित्सक नियुक्ति र मिनि आइसियु सञ्चालनको लागि उपकरण खरिदको काम भइरहेको अस्पतालका संयोजक ज्योतिराज लुइँटेलले जानकारी दिनुभयो । मन्त्रालयले ५ श्ययाको अस्पताल स्थापना गर्न निर्देश गरेपनि गाउँपालिकाले २४ श्ययाको अस्पताल स्थापना छ । सो आइसोलेशनमा स्वयंसेवकको रुपमा चिकित्सक अनिल उप्रेतीले कोरोना सङ्क्रमित बिरामीलाई उपचार तथा परामर्श सेवा दिइरहनुभएको छ ।

मनहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि वडा नं ७ रमन्टारमा पनि आइसोलेशनको स्थापना गरिएको छ । यसअघि वडा नं ८ सिम्पानीमा मात्रै आइसोलेशन रहेको थियो ।सिम्पानीस्थित आइशोलेशनमा अहिले ५ जना महिला र १३ जना पुरुष उपचाररत रहेका छन् । त्यसैगरी रमन्टारस्थित आइसोलेशनमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् ।

मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोइराला रहेका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार