annapurna add

121212स्थानीय तहहरुले आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि बधाईसहित प्रमाणपत्र वितरण गरिरहेको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न पालिकाहरुले आ–आफ्नो क्षेत्रमा क्वारेन्टीनमा बसेकाहरुलाई आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि बधाई व्यहोरा लेखेका प्रमाणपत्रहरु वितरण गरिहरेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले पनि यसरी प्रमाणपत्र वितरण गरिरहेको छ। ‘क्वारेन्टीनमा बसेकाहरुलाई आरडीटी रिपोर्ट नेगेटिभ आउँदा समेत गाउँघरमा जान समस्या नहोस् भनेर प्रमाणपत्र नै दिने गरेका हौँ’, सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुषालले भने ।

उनले सन्धिखर्क नगरपालिकामा अहिलेसम्म २०४ जनालाई आरडीटी नेगेटिभ आएको प्रमाणपत्र वितरण गरिएको बताए । तर आरडीटी परीक्षणको त मान्यता नै हुँदैन नि भन्ने प्रश्नमा उनले भने, ‘हामीले क्वारेन्टीनमा १४ दिन बिताएर फर्केको व्यहोरा पनि त प्रमाणपत्रमा उल्लेख गरेका छौँ नि ।’ मेयर भुषालले क्वारेन्टीन अवधि पूरा गरेर घर फर्केका व्यक्तिहरुलाई गाउँबाट लखेट्ने काम नहोस् भनेर आफूहरुले प्रमाणपत्र वितरण गरेको जिकिर गरे । उनले प्रमाणपत्र वितरणको निर्णय नगरपालिकाका आफ्नै रहेको बताए।

‘यो सामान्य कामका लागि कसैको आदेश अथवा निर्देशिकाको जरुरत पर्दैन, हामीले नगरपालिकास्तरको निर्णय आफै गरेका हौँ’, उनले भने । कोरोना नियन्त्रणमा राज्यले फजुल खर्च धेरै गरेको भन्दै आलोचना भइरहेको छ।

sandhikharakkaa

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...