annapurna add

Corona infection in Police

विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

सङ्क्रमित जवानमा २३ र २५ वर्षीय दुई/दुई तथा २० र २१ वर्षीय एक/एक जना पुरुष रहेका छन् । सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै हाटबजार बन्द गराएको छ । बन्दाबन्दी हटेसँगै शुरु भएको भीडभाड बढ्दा कोरोनाको भाइरस सङ्क्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णयानुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराएको हो ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराइएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत अर्घाखाँचीको शीतगङ्गा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ ।

कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना८ख ६६९८ नंको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको लु३२प २३९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क–७ का तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा साना दुई बच्चासहित चार जना सवार रहेको थियो । सवार अन्य तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...