annapurna add

khop card

कोरोनाविरुद्धको खोप लगाउनेलाई सरकारले परिचयपत्र दिने भएको छ । त्यस्तो परिचयपत्र खोप लगाएको प्रमाणका रूपमा रहनेछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप बुधबारदेखि लगाइँदै छ । खोप लगाउने व्यक्तिको विवरण अनलाइनबाट संकलन गरिएको र त्यही विवरणका आधारमा परिचयपत्र तयार गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख तारानाथ पोखरेलले बताए ।

सरकारले पहिलो चरणमा फोहोर व्यवस्थापनमा खटिने संकलक तथा चालक, एम्बुलेन्स र शव वाहनका चालक, सहचालक, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेविकालाई खोप लगाउन लागिएको हो ।

परिचयपत्रको पछिल्लो भागमा खोपको बारेमा, खोप लगाउँदा हुन सक्ने असरका बारेमा लेखिएको छ । खोप लगाएपछि स्वास्थ्य समस्या भएमा स्वास्थ्य संस्थामा सम्पर्कमा आउन आग्रह गरिएको छ । त्यस्तै कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने तरिका पनि त्यसमा उल्लेख छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार