annapurna add

कोरोनाभाइरसको सङ्क्रमण शुरुवात चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो ।

corona italiएकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गयो ।

चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २८७ पुगेको छ । हिजो यो सङ्ख्या तीन हजार २८२ रहेको थियो । यसैगरी यस रोगबाट यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् । यस भाइरसबाट स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६४७ पुगेको हो ।

ब्रिटेनका राजकुमार चाल्र्समा पनि कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ । त्यसैगरी स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको समाचारमा जनाइएको छ । स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको जनाइएको छ ।

स्पेनमा पनि लकडाउन गरिएको छ । केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् । त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन मतदान गरिने भएको छ ।

विश्वभरिको हालसम्म चार लाख ७१ हजार ८०२ कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोभिड–१९ बाट २१ हजार २९७ ले ज्यान गुमाएका छन् । तर एक लाख दश हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।

भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६७० नाघेको छ ।

भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन् ।

गत मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्नु हुँदै मध्यरातबाट लागू हुनेगरी आगामी २१ दिनसम्म लकडाउन जारीको घोषणा गरेका थिए ।

‘तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ’ प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भनेका थिए । –एपी

याे पनि पढ्नुहाेस् 

हामीले छुने कुन बस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कोभिड–१९ को कारक कोरोना भाइरस संक्रमणले हाल विश्वव्यापी महामारीको रुप लिएको छ । विश्वभर अहिलेसम्म चार लाख २४ हजार भन्दा बढी संक्रमित भएका छन् र मृत्यु हुनेको संख्या १८ हजार ९३१ भन्दा बढी पुगेको छ ।

मुख्यतः कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । कुनै संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरुको शरीरबाट निस्कने कफ वा ओसिला छिटाहरुमा भाइरसहरु हुन्छन् ।

नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भाइरसयुक्त छिटाहरु शरीर भित्र जाने सम्भावना हुन्छ । यस्तै भाइरस रहेको सटह वा बस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि संक्रमण फैलिन्छ ।

कोरोना भाइरस दैनिक काम गरिने सतहहरु (किचन स्ल्याबसहित), ढोकाको ह्याण्डल जस्ता स्थानमा घण्टौँसम्म जीवित रहन्छन् । भाइरस कति समयसम्म जीवित रहन्छ भन्ने ती बस्तु वा सतहको माथिल्लो भाग कुन सामग्रीले बनेको छ भन्ने कुराले निर्धारण गर्छ ।

कोभिड–१९ को कारण नोवेल कोरोना भाइरस नयाँ भएकाले यसका बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकी छ । तर कोरोना समूहका अरु भाइरससँग यसको जीवनकाल मिल्ने अनुमान वैज्ञानिकले गरेका छन् ।

कोरोना समूहका अरु भाइरसको अध्ययन र अहिलेसम्म नोवेल कोरोना भाइरसका भएका अनुसन्धान अनुसार यसको आयुबारे केही जानकारी भने भएको छ ।

कोभिड–१९ को कारक नोवेल कोरोना भाइरस हामीले दैनिक रुपमा छुने विभिन्न बस्तुमा कति समय जीवित रहन्छ त जानकारी लिउँ, तर यो नै अन्तिम तथ्य भने नहुन पनि सक्छ किनकी यसका सम्बन्धमा अझै अनुसन्धान भइरहेका छन् ।

मेटल (धातु)
उदहारणः लागि ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडा
भाइरसको आयुः पाँच दिन

काठ
उदहारणः फर्निचर, सजावटका सामग्री
भाइरसको आयुः चार दिन

प्लास्टिक
उदहारणः बसका सिट, एलिभेटरको बटन, प्लाष्टिक झोला, प्लास्टिक बोटल
भाइरसको आयुः दुईदेखि तीन दिन

स्टीनलेस स्टिल
उदहारणः रेफ्रिजिरेटर, भाँडा, किचन बेसिन
भाइरसको आयुः दुईदेखि तीन दिन

कार्डबोर्ड
उदहारणः सिपिङ्ग बक्स
भाइरसको आयुः २४ घण्टा

कप्पर (तामा)
उदहारणः तामाका भाँडा, पूजा सामान, पानी खाने जग
भाइरसको आयुः चार घण्टा

आल्मुनियम
उदहारणः आल्मुनियमका झ्याल ढोका, भाँडा, बोटल
भाइरसको आयुः दुईदेखि ८ घण्टा

सिसा
उदहारणः गिलास, बोटल, कचौरा, मग
भाइरसको आयुः पाँच दिनसम्म

सेरामिक (माटोका सामग्री)
उदहारणः प्लेट, मग, कचौरा, गमला
भाइरसको आयुः पाँच दिन

कागज
कागजमा कोरोना भाइरसका केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् भने केही अर भने पाँच दिनसम्म जीवित रहन्छन् ।

खाना
कोरोना भाइरस अहिलेसम्म खानामा पाइएको छैन । तर कुनै पनि फलफुल खानु पूर्व वा तरकारी पकाउनु पूर्व राम्रोसँग पखाल्नु उपयुक्त हुन्छ ।

पानी
कोरोना भाइरस पिउने पानीमा पाइँदैन ।

(यो सामग्री वेबएमडीको सहयोगमा तयार पारिएको हो।)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...