annapurna add

प्रताप ओली बझाङ । बझाङमा बुधबार बेलुका गड्डा चौकी र गौरीफण्टा नाका हुँदै आएकाहरूका लागि क्वारेन्टाइनको व्यवस्थापन कमजोर हुँदा र क्वारेन्टाइनका बारेमा नबुझ्दा भाग्नेहरूको संख्या बढ्दै गएको छ ।

corona virus Local in Bajhangजिल्लामा बुधबार भित्रिनेको तथ्याङ्क मात्र राखिएको छ । त्यो पनि बाग्थलामा झरेकाको मात्रै । जिल्लामा भित्रने नाकाहरू धेरै भएकाले बझाङ कति कुन नाकाबाट आए भन्ने यहाँका निकायलाई जानकारी छैन ।

वित्थडचिरबाट जयपृथ्वी राजमार्ग भएकाले मात्र यहाँको तथ्याङ्क लिने गरिएको छ । तर, डोटीको छपाली, बैतडीको सिगास, बुङ्गल र दार्चुको सिमाना, खप्तड र साइपाल गाउँपालिकाबाट जिल्लामा कति भित्रिए भन्ने कसैलाई थाहा छैन । यसरी सीमा नाकामा सुरक्षा स्थिति मजबुत नहुनु र तथ्याङ्क राख्न स्थानीय तहले लापरीबाही गर्नुले बझाङ कोराना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ ।

लुकीचोरी गाउँ भित्रिनेको तथ्यांक त अज्ञात नै छ । क्वारेन्टाइनमा राखिएका पनि धमाधम भाग्न थालेका बझाङका स्थानीय तहले जनाएका छन् ।

बझाङमा बुधबार भित्रिएका २९ महिला १ सय ५९ पुरुष गरी १ सय ८८ जना भित्रिएको तथ्याङ्क यहाँका निकायलाई छ । यी मध्ये सबैलाई आआफ्नो वडा तथा पालिकामा बनाइएका क्वारेन्टाइनमा बस्न व्यवस्थापन मिलाइएको थियो ।

तर, कतिपय क्वारेन्टाइन लाने क्रममा बीचबाटै गाडीबाट हाम फालेर भागे, कतिपय बुधबार राति नै भागेका छन् । अहिलेसम्म सबैभन्दा बढी थलारा गाउँपालिकाकाे क्वारेन्टाइनमा राखिएकाहरू भागेका जनाइएकाे छ । थलारामा बुधबार ६३ जना भित्रिएका र उनीहरूलाई वडा नम्बर १ को लक्ष्मी माद्यामिक विद्यालयमा बस्न लगाइएको थियो । त्यहाँबाट रातारात ५० जनाभन्दा बढी भागेका र अझै त्यहाँ नबस्ने भन्दै भाग्ने क्रम बढेको थलारा गाउँगालिका– १ का वडाध्यक्ष धर्मराज भट्टले जानकारी दिए ।

यस्तै, बुङ्गल नगरपालिकामा क्वारेन्टाइन नपुग्दै १५ जना बीच बाटोबाटै भागेकाे मेयर धनबहादुर विष्टले बताए । केदारस्युँ गाउँपालिकामा पनि ८ जनाभन्दा बढी भागेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष लोकेश भण्डारीले बताए । १५ जनाभन्दा बढी भित्रिएको खप्तडछान्नामा क्वारेन्टाइनको व्यवस्था मिलाइएको भए पनि सबैले घरमै सुरक्षित बस्ने जनाएपछि घरमै बस्न लगाइएको गाउँपालिकाका अध्यक्ष बर्क रोकायाले बताएका छन् ।

यस्तै, वित्थडचिरको देउलेखमा झरेर खोला र झाडी हुँदै केदारस्युँको सैन्सुहुँदै ८ जनाभन्दा बढीको टोली लुकेर छबिसपाथिभेरा आएको जनाएको छ । यस्तै, दुर्गाथली र छबिसका केही भारत रहेकाहरू दार्चुलाबाट बुङ्गल नगरपालिका खोला जङ्गल हुँदै घरमा आइपुगेको अपुष्ट खबर प्राप्त भएको छ ।

यता, जयपृथ्वी नगरपालिकामा पनि केही व्यक्ति विभिन्न बाटोबाट घरमा भित्रिएको स्थानीयले बताएका छन् । यसरी भागेर, लुकेर घर पुग्नेहरूले नै कोराना संक्रमण फैलाउनमा गम्भीर लापरबाही गरिरहेका छन् भने यहाँका स्थानीय तहले पनि क्वारेन्टाइनका नाममा व्यवस्थापन फितलो बनाएका कारण भाग्नेको संख्या झन् थपिँदै छ ।

भाग्नेहरूकाे पछि लागेर नसकिने भन्दै प्रमुख अधिकारी उमेश पाण्डेले भने, ‘सजग र सुरक्षित हुनु आफैँले हो । यहाँका जनतामा चेतना छैन । व्यवस्थापनको रकम, जिम्मा सबै स्थानीय तहलाई छ । हामीले केवल सहयोगीको भूमिका खेल्ने हो । सकिएन त के गर्ने ? बडो चिन्ता लागिसक्यो ।’

बझाङका सबै स्थानीय तहका अनुसार क्वारेन्टाइनमा बस्नेहरू विभिन्न बहानामा रातरात भाग्ने, एकआपसमा झगडा गर्ने, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई धम्काउने गरेका छन् ।

भत्किएका विद्यालय, घरहरूमा आफूहरूलाई राखिएको र व्यवस्थापन नभएको भन्दै भाग्ने गरेको उनीहरूको भनाइ छ । यसैबीच थलारा गाउँपालिका– २ ले क्वारेन्टाइनको व्यवस्था नगर्दा स्थानीयहरू त्रसित बनेकाे बगडाका युवा नरबहादुर खड्काले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर