annapurna add

काठमाण्डौ । सामाखुसी स्थित मानवसेवा आश्रमलाई एन आई सी एशिया बैंकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयकाको प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आज दिउसो निशुल्क खाद्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।

dig1विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) पछी लकडाउन भएको कारणले यस्ता संघ सस्था तथा दैनिक ज्याला मज्दुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस अभियानको शुरुवात गरिएको हो । 

उपत्यका स्थित समस्यामा रहेका विभिन्न आश्रमहरूमा आश्रित व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरूका लागी निरन्तर खाद्य सामग्री सहयोग स्वरूप वितरण गरिने समेत पोखरेलले जानकारी दिए ।

dig2लकडाउन भए पश्चात असह्याय, अशक्त व्यक्तिहरू तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुलाई अझ बढी समस्या हुने भएकाले लक्षित वर्गलाई थोरै भएपनि राहत पुग्ने विश्वास लिएको पोखरेलले बताउनु भयो ।

मातहतका विभिन्न कार्यालयहरू संग त्यस्ता आश्रमहरू तथा व्यक्तिहरुको विवरण संकलन गरि वितरण गरिने जानकारी दिनु भयो ।

dig3संकटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीहरूको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाईन १०० मा खबर गर्न आग्रह समेत गर्नु भयो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...