annapurna add

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्टपति सी जिनफिगलाई पत्र पठाउदै कोरोना नियन्त्रणमा सफल भएकोमा बधाई दिएका छन् ।

prachanda xijing ping kantipath अध्यक्ष प्रचण्डले राष्ट्रपति सीलाई गत मार्च २६ मा पठाएको पत्रमा कोरोना महामारी नियन्त्रणमा चीन सफल भएकोमा बधाई दिएका हुन् ।

‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मिडियाहरुका समाचारबाट थाहा पाएको छु । यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु’ अध्यक्ष प्रचण्डले पत्रमा भनेका छन् ।

त्यस्तै, प्रचण्डले राष्टपति सीलाई कोरोनाको महामारीसँग जुध्न नेपाललाई औषधि र अन्य मेडिकल सामग्री सहयोग गर्न पनि आग्रह गरेका छन् ।

महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको जरुरत रहेको बताउँदै अध्यक्ष प्रचण्डले आवश्यक सामग्री सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

उनले कोरोना महामारीको चपेटमा पर्न थालेको र महामारीसँग जुध्न पूर्ण तयारी गरिनसकेको बताउँदै त्यसका लागि तत्काल मेडिकल सामाग्रीको आवश्यक रहेको पत्रमा उल्लेख गरेका छन् ।

cpn litternews

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...