annapurna add

hold meetimngपटक-पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको थियो । असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि स्थगित हुँदै आएको छ ।

पार्टीको विवाद मिलाउन अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पटकपटक वार्तामा बसेका छन् । यसबीचमा दुई नेता र सहयोगीबीच भएको वार्ताबाट कुनै निष्कर्ष निस्किसकेको छैन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...