1478958692 banner ad format

 
 

ललितपुर - आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ललितपुर–३ मा प्रमुख तीन दललाई पर्यटन व्यवसायी दल बहादुर लिम्बुले चुनौति दिने भएका छन् ।

Dal Bahadur Limbu Tourist Businessman

नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी विगत दुई दशकदेखि पर्यटन व्यवसायमा संलग्न हुँदै आएका थिए । २०७३ जेठ ३० गते नयाँ शक्ति पाटी नेपाल स्थापना भएसँगै सो पाटीमा आवद्ध लिम्बु केन्द्रिय सदस्य हुँदै अहिले ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका हुन् ।


सो निर्वाचन क्षेत्रमा जम्मा २० वटा वडाहरु छन् । मंसिर २१ मा हुने दुईवटै निर्वाचन नजिकिएसँगै उनी अहिले दिनहुँ घरदैलो कार्यक्रममा निस्कन्छन् र मतदाताको प्रत्येक घरदैलोमा पुगेर विनम्रका साथ भोट माग्छन् । सफल पर्यटन व्यवसायी र स्वच्छ छवि भएका लिम्बु कांग्रेस, एमाले र माओवादी केन्द्रभन्दा तुलनात्मक रुपमा आफ्नो चुनावी प्रचारप्रसारमा उत्साहका साथ सक्रिय भएका छन् । आफ्नो क्षेत्रलाई पर्यटनमैत्री सहर बनाउने मुख्य एजेण्डाका साथ चुनावी मैदानमा होमिएका लिम्बु प्रमुख तीन दललाई भारी मतले जितेर देखाइदिने कुरामा आफु ढुक्क रहेको बताउँछन् ।

अन्तर्वार्ता 
पर्यटन व्यवसायी दलबहादुर लिम्बु नयाँ शक्ति पाटी, नेपालको तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नं.–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ । विगत लामो समयदेखि पर्यटन क्षेत्रसँग आवद्ध लिम्बु ईमान्दारीता, पारदर्शीता र स्वच्छ छविको पहिचानले पर्यटन क्षेत्रमा परिचित हुनुहुन्छ । मंसिर २१ मा सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा दिनहुँ घरदैलो कार्यक्रममा व्यस्त लिम्बुसँग आसन्न निर्वाचन र उहाँका व्यवसायीक एजेण्डामा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादीत अंशः

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै घरदैलो कार्यक्रममा दिनहुँ सक्रिय हुनुहुन्छ र प्रशन्न मुद्रामा देखिनुभएको छ । प्रशन्नताको राज के हो ? 
मैले पक्का जित्छु भन्ने मलाई आशा छ । मैले जित्ने भनेको जनताले भोट दिएर हो र मैले कति मत प्राप्त गर्न सक्छु भन्ने कुरा मेरो दिनहुँको सक्रियताले निर्धारण गर्छ ।

पछिल्लो समय नेपाली राजनीतिमा व्यापारी र ठेकेदारहरुको हावी भइरहेको बेला तपाई राजनीतिमा लाग्नुको मुख्य उदेश्य के हो ? 
जब नयाँ शक्ति पाटी नेपालको जन्म भयो, नयाँ शक्तिका उदेश्यहरुबारे मैले गहिरो अध्ययन गरेँ । यो पाटीका उदेश्यहरुमध्ये एउटा उदेश्य भनेको जसको राजनीतिबाहेक वैकल्पिक पेसा हुँदैन उसले जीविकोपार्जनको लागि भ्रष्टचार गर्छ । त्यसैले वैकल्पिक पेशा हुनेलाईमात्र यो पाटीको सदस्यता दिने भन्ने उदेश्यप्रति म आकर्षित भएँ । अहिले राजनीतिक अराजकतातिर गइरहेको छ । राजनीतिमा लाग्नेहरु सबै भ्रष्टचारी भए । भ्रष्टचार जीविकोपार्जन भयो । यसले मुलुकको समृद्धि सम्भव देखिएन । आखिर किन यस्तो भइरहेछ भन्ने कुराको गहिराईमा पुग्न म राजनीतिमा होमिएँ ।

व्यवसायीक मान्छे मुलुकको चुनावी मैदानमा उत्रनुको सहजता र असहजता के–के रहेछ ?
व्यवसायीक मान्छेलाई राजनीतिमा लागेकाहरुको जति राजनीतिक अभिव्यक्ति दिने अभ्यास हुँदैन । जनतालाई झुक्याउने चरित्र हुँदैन । हामी राजनीतिलाई जीविकोपार्जनको रुपमा लिँदैनौँ । अर्को राम्रो कुरा भनेको हामीसँग निर्वाचनका लागि चाहिने पूर्वाधार, सामाग्री, उपकरण र जनशक्ति तयारी तथा सञ्चित हुन्छ । हामीसँग हाम्रा कर्मचारीसहित बैज्ञानिक तयारी हुने भएकाले प्रचारप्रसारमा सहज हुन्छ ।

नयाँ उम्मेदवारलाई खास चुनौति के हुँदो रहेछ ? 
पुरानो उम्मेदवार पहिला नै परिचित हुन्छ । नयाँ उम्मेदवार जनतासमक्ष परिचित हुन समय लाग्छ । अर्को पाटीको कुरा पनि आउँछ । पुरानो पाटीले काम नगरे पनि नामले सबैले चिन्छन् । पुरानो पाटीको लिगेसीले पनि पुरानो उम्मेदवारलाई सजिलो हुन्छ । नयाँ उम्मेदवारले जनतासमक्ष आफूलाई पनि चिनाउनुपर्ने हुन्छ भने आफ्नो पाटीलाई पनि चिनाउनुपर्ने हुन्छ । यसका लागि निक्के संघर्ष गर्नुपर्छ ।

ललितपुर निर्वाचन–३ मा दल बहादुर लिम्बुलाई नै जिताउनुपर्ने किन ? 
सबैभन्दा ठूलो कुरा म व्यवसायीक मान्छे हुँ र म मा ईमान्दारीता, पारदर्शीता र स्वच्छ छविको संयोजन छ र भ्रष्टचार शुन्य सहनशीलता । यदि मैले चुनाव जिते भने सरकारी तहबाट पाउने सुविधा म लिन्नँ । मेरो निर्वाचन क्षेत्रमा धेरै पर्यटन सम्भावना छन् । मैले लामो समय पर्यटनमा बिताएको छु र धेरै देशको भ्रमण पनि गरेको छु । त्यसैले मेरो निर्वाचन क्षेत्रको समृद्धिका निम्ति मैले दख्खल राख्न सक्छु । त्यस्तै, म जतिसक्दो निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु ।

शिर्ष तीन दललाई चुनौति दिँदै छु जस्तो लाग्छ कि चुनावमा भाग लिँदै छु जस्तो लाग्छ ? 
मैले चुनौति पनि दिँदै छु भने अनुभव पनि लिँदै छु । अहिले नेपाली राजनीतिमा जनताप्रति अविश्वासको वातावरण बनेकाले जनता दोधारमा छन् । जनताले कुन उम्मेदवार ठीक र कुन उम्मेदवार बेठीक भन्ने कुरामा निर्णय लिन सकेका छैनन् । अहिले सबै दलले आ–आफ्नो जितका सुनिश्चितता गरेका छन् । म पाटीभन्दा माथि उठेर प्रतिस्पर्धीहरुको गठबन्धनको दम्भ म तोड्छु ।

तपाई व्यवसायीक मान्छे, व्यवसायीक एजेण्डाहरुचाहिँ के–के छन् ?
म व्यवसायीक मान्छे भएकाले मैले जितेभने सरकारले व्यवसायीलाई दिनुपर्ने सेवा सुविधाहरु उपलव्ध गराउँछु र सरकारप्रति व्यवसायीहरुको कर्तव्य जस्तै, कति व्यवसायीहरुले सरकारलाई ट्याक्स नतिरी व्यापार र उद्योग सञ्चालन गरिरहेका छन् । उनीहरु सबैलाई करको दायरामा ल्याउँछु । अर्को ललितपुरमा धार्मिक, प्राकृतिक गरी धेरै पर्यटन सम्भावना छ । ति सबै सम्भावनाहरुको खोजी, पहिचान र प्रबद्र्धन गरी ललितपुरलाई पर्यटनको हब बनाउँछु । सडक, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वच्छ वातावरण र यहाँको समृद्धिको लागि स्थानियहरुसँग निरन्तर साक्षात्कार र बहश र निष्कर्षलाई कार्यान्वयन मेरो पहिलो प्राथमिकता हो ।

 

प्रकासित मिति

Loading...

 

yummyfood