annapurna add

बाजुरा । खप्तड छेडेदह गाँउपालिका २ बस्ने दुरपति सार्कीका आमासहित २ छोराछोरीले नागरिक नपाउँदा सरकारी सेवा लिनबाट वञ्चित बनेका छन् ।

Photo scaled६० बर्षिय सार्कीसहित उनकी २५ बर्षकी छोरी मना सार्की र २० बर्षका छोरा तेज सार्कीले नागरिकता पाएका छैनन् । सार्कीको परिवारले नागरिकता नपाँउदा सरकारी सेवा लगायत सेवाबाट वञ्चित भएका छन् ।

दुरपतिको बृद्धभत्ता पाँउने उमेर भइसकेको छ, भने उनका छोरा तेज दुष्टिबिहिन अपांग हुन् । नागरिकता नै नपाएका कारण दुबै आमा छोरा राज्यको सेवाबाट वञ्चित भएका छन् । नगरिकता अभावकै कारण सामाजिक सुरक्षा भत्ता नागरिकता वा अन्य कुनै प्रमाण नभएका कारण सेवाबाट बञ्चित भएको वडा अध्यक्ष मिन बहादुर शाहीले बताए ।

आर्थिक अबस्था निकै कमजोर दुरपति परिवारले नागरिकता लिन धेरै पटक प्रयास गर्दा पनि नपाएको गुनासो गरेका छन् ।

दुरपतिले बझाङको खप्तड छान्ना गाँउपालिका ६ बिणा बस्ने मदन सार्की सँग बिहे गरेकी थिइन । श्रीमानले अर्को बिहे गरेपछि उनी बाल बच्चा सहित बोकेर १५ बर्ष देखि बाजुराको माइती घरमा बस्दै आएकी छन् ।

१५ बर्ष देखि श्रीमान आफ्नो सम्पर्कमा नरहेको र अर्को बिहे गरे उतै रहेको खबर पाउपनि अन्य कुनै जानकारी नपाएको दुरपतिको भनाई छ । नागरिकता बनाउन पतिसँगको विवाह दर्ता र नागरिकता अनिवार्य चाहिने गरेको छ ।

र श्रीमानको नागरिकता चाहिने र अर्को बाजुराबाट लिने भएपछि बसाइसराई चाहिने भएपछि नागरिकता नपाएको गुनासो सार्कीको छ ।

सार्कीका छोरा तेज ३ बर्षको हुँदा दादुरा रोगबाट ग्रसित भएपछि दुष्टिबिहिन बनेका हुन् । परिवार विचल्लीमा हुँदा पनि राज्यले प्रमाण नभएकै कारण सुविधाबाट वञ्चित गराएको छ । नागरिकता बनाउन खोज्दा प्रमाण माग्ने गरेकै कारण समस्या भएको वडा कार्यालयले बताएको छ ।

एकल महिला, उमेर पुगेर वृद्धभत्ता, दलितलाई लक्षित गरेर जनताआवस कार्यक्रम सहितका सुविधाबाट वञ्चित बनेपनि बोलिदिने कोही नभएको दुखेसो सार्कीको छ ।

नेपाली नागरिक भएर पनि उनीहरु मताधिकारबाट पनि वञ्चित छन् । सार्की परिवारले नागरिकताका लागि पहल गरिदिन माग गरेकी छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...