दाङ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने बताएका छन् ।

binod

तुलसीपुर उपमहनगरपालिका–१२ क्वांगीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुगेका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन् ।

बिमाबापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो ।

निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भएपनि चौधरी पहिलो ‘सहिद’ भएको उनले बताए ।

उनले विनोदकी पत्नी १९ वर्षीया अञ्जना चौधरीलाई रोजगारीको व्यवस्था तथा उनकी डेढ वर्षीया छोरी प्रमिसाको अध्ययनको व्यवस्थापन गरिने उल्लेख गरे ।

त्यस्तै, संघीय प्रहरी इकाइका कार्यालयका प्रमुख एसएसपी दिलीपबहादुर चौधरीले कर्तव्यपालनका सिलसिलामा मृत्युवरण गरेका विनोदलाई राज्यको नियमअनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताए ।

चौधरी परिवारलाई ५ नम्बर प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले किरियाखर्चका लागि व्यक्तिगतरुपमा प्रदान गरेको रु २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फबाट एसपी दुर्गा सिंहले नगद रु २५ हजार गरी रु ५० हजार प्रदान गरिएको थियो ।

त्यसैगरी, श्रद्धाञ्जलि दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फबाट किरियाखर्चबापत रु २५ हजार र चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने घोषणा गरे ।

बम विस्फोटमा परी मृत्युवरण गरेका विनोद चौधरीको बिहीबार अन्त्येष्टि गरिएको छ । उनको बबई नदीमा अन्तिम दाहसंस्कार गरिएको हो । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...