1478958692 banner ad format

 
 
दाङ । नेपाल प्रहरीले १७ लाख बराबरको नेपाल टेकिमको रिचार्ज कार्डसहित एकजनालाई पक्राउ गरेको छ। केही दिन अघि चोरी भएको व्यापारीको रिचार्ज कार्ड सहित ती व्यक्तिलाई पक्राउ गरिएको हो । 
रिचार्ज कार्ड चोरी भएको सूचनाको आधारमा  रोल्पाका दलबहादुर पुनलाई प्रहरीले  पक्राउ गरेको हो। प्रहरीले  पक्राउ परेका पुनलाई बिहीबार सार्वजनिक गरेको छ ।
 
दाङ प्रहरीले बिहीबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरेर बरामद गरिएका रिचार्ज कार्ड र पक्राउ परेका पुनलाई सार्वजनिक गरेको हो। रोल्पा माडी गाउँपालिका २ का २१ वर्षीय पुनले असोज २३ गते नेपाल टेलिकमको १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गरेर फरार भएका थिए। 
 
रिचार्ज कार्ड चोरी भएको २१ दिनपछि कात्तिक १३ गते दाङ प्रहरीले पुनलाई रिचार्ज कार्डसहित रोल्पाबाट पक्राउ गरेको दाङ प्रहरी प्रमुख कृष्णहरी शर्माले बताए। पुनलाई रोल्पाको थवाङ गाउँपालिका- २ बाट पक्राउ गरिएको प्रहरी प्रमुख एसपी शर्माले जानकारी दिए। पुनलाई पक्राउ गर्न दाङ प्रहरीले रोल्पा र प्यूठान प्रहरीसँग पनि समन्वय गरेको शर्माले बताए।
 
पुनले चोरी भएका रिजार्ज कार्डहरू प्यूठानको स्वर्गद्वारी नगरपालिका- ७ स्थित ससुराली घरमा लुकाई राखेको अवस्थामा फेला परेको एसपी शर्माले बताए। घोराहीको शुभलक्ष्मी ट्रान्सफरले घोराहीबाट चितवनतर्फ लैजादै गरेको ना ६ ख ९३४५ नम्वरको गाडीबाट नमस्तेको रिचार्ज कार्ड चोरी भएको थियो। 

प्रकासित मिति

Loading...

 

yummyfood