tealaya add

havy rain

दसैंभरि मनसुन यथावत रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असोज आधा बितिसक्दा पनि मनसुन नसकिएकोले देशभर नै मौसम पूर्ण खुल्ला नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद्ले जानकारी दिएका छन् ।

देशभरि नै दसैंमा मनसुन पूर्णरूपमा सक्रिय भई आंशिकदेखि सामान्य बदली भइ छोटो वर्षा हुन सक्ने तर पूर्ण रूपमा खुल्ला नभए पनि भारी वर्षा भने नहुने महासखा ले जनाएको छ। देशको पूर्व र मध्यभागको तुलनामा पश्चिममा मौसम भने खुल्ला रहने छ ।

एक निम्न चापीय प्रणाली भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास र अर्को निम्न चापीय प्रणाली बंगलादेश आसपास रहेकोले यसको सामान्य प्रभाव नेपालमा रहने महाशाखाले जानकारी दिएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर