jangali hatti

कञ्चनपुरको महाकाली नगरपालिकाको माकुरी सामुदायिक वनमा घाँस दाउरा गर्न गएका स्थानीयहरु जंगली हात्तीको आक्रमणमा परेका छन् ।जंगली हात्तीको आक्रमणबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् ।

सवारी दुर्घटनामा एकको मृत्यु

मृत्यु हुनेहरुमा महाकाली नगरपालिका दोधारा चाँदनीका ५० बर्षिया हुलिदेवी बोहोरा र सोही ठेगानाको ३८ वर्षिया बसन्ती भट्टको मृत्यु भएको हो । जंगली हात्तीको आक्रमणबाट सोही ठेगानाका ३५ बर्षिया ललिता बोहोरा, ३४ बर्षिया सुनिता बिष्ट, ३२ बर्षिया उमा साउद र २४ बर्षिया सरिता ओझा रहेको स्थानीय प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् । सडक छेउमा रोकीराखिएको ना५ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...