1478958692 banner ad format

 
 

dfeumai
इलाम- देउमाई नगरपालिकाको पाँचौ नगर सभाले आर्थिक बर्ष २०७६ र ७७ का लागि ५७ करोड ४९ लाख ७० हजार रुपियाँको बजेट पारित गरेको छ ।

नगर सभाले बजेट , नीति तथा कार्यक्रम पारित गर्दै गत बर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिदै केहि नयाँ कार्यक्रम ल्याएको हो ।

नगर सभाले मृगौला प्रत्यारोपण गरेका बिरामीलाई प्रति ब्यक्ति मासिक पाँच हजार रुपियाँ निर्वाह भत्ता दिने , नगरकै लगानीमा नौ वटै वडाबाट बर्षेनी एक जनाका दरले नौ जनालाई इन्जिनियरिङ पढाउने ब्यवस्था गरेको नगर प्रमुख सूर्य पोखरेलले बताए ।

नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा शुरु भएका भौतीक पूर्वाधारका कामलाई निरन्तरता दिएको बताए । देउमाई नगरले गत बर्ष देखि एकल पुरुषलाई भत्ता, जन्मदा र मृत्यु संस्कारमा आर्थिक सहयोग, बसाँई सरी नगर आउनेलाई जस्ता र घर निर्माणमा सहयोग जस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रकासित मिति

Loading...

 

ताजा खबर