1478958692 banner ad format

 
 
  • काठमाडौँ - कार्यसम्पादन मूल्यांकन फाइल (कामसु) किर्ते गरेको अभियोग लागेका डिआइजी नवराज सिलवाल बाथरुम जाने बहानामा उपचाररत अस्पतालबाटै वेपत्ता भएका छन् । 

  • News Of Nepal DIG Nabaraj silwal missing

आइजीपी नियुक्ति प्रकरणमा सिलवालले कामसु किर्ते गरेको भनि छानबिन भइरहेको सन्दर्भमा प्रेसरको बिरामी भएको भन्दै एक सातायता ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत सिलवाल आइतबार साँझदेखि एकाएक वेपत्ता भएका हुन् ।

प्रहरी स्रोतका अनुसार सिलवाल निवासमा छैनन् भने रातभर बालकुमारीस्थित निवासमा प्रहरी परिचालन गरिएको छ । तर, सोमबार बिहानसम्म सिलवाल घरमा नपुगेको प्रहरी स्रोतले बताएको छ ।

सिलवाल आइतबार साँझ अस्पतालबाट वेपत्ता भएको खबरसँगै प्रहरी हेडक्र्वाटरले महानगरीय प्रहरी परिसर ललितपुरलाई उनको निगरानी गर्न निर्देशन दिएको थियो ।  सिलवाल सम्भावित ठाउँमा समेत नभेटिएपछि ‘वाच’का लागि उनको निवास परिसरमा प्रहरी परिचान गरिएको र उनी घर नफर्किएको प्रहरी स्रोतले बतायो ।

अस्पताल स्रोतका अनुसार अस्पतालको ३०७ नम्बरको बेडमा रहेका सिलवाल एकाएक बाथरुम जान लागेको भन्दै अस्पतालबाट बाहिरिएका थिए । उनी अस्पतालबाट नाटकीय ढंगले बाहिरिएसँगै पछि सिलवालकी श्रीमती सिर्जना सिलवाल र भाई महसेनानी सुदर्शन सिलवाल डिस्चार्ज पेपर लिन अस्पताल पुगेका थिए ।

अस्पताल स्रोतका अनुसार डिस्चार्ज लिन पुगेका सुर्दशन र सिर्जनाले अस्पताललाई तिर्न बाँकी ६० हजार तिरेका छन् । सिलवाल प्रेसरको बिरामी भएको भन्दै चैत ११ देखि अस्पतालको भीआईपी क्याबिनमा बस्दै आएका थिए ।

यसबारे बुझ्दा महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी यादवले सिलवाल अहिलेसम्म सम्पर्कमा नआएको जानकारी दिँदै उनी निवासमा पनि नभएको बताए ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाइएको केही घण्टा नबित्दै सिलवाल एकाएक अस्पतालबाट गायब भएका हुन् । 

सरकारले गत फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेसँगै सिलवाल सर्वोच्च पुगेका थिए भने पछि सर्वोच्चको पूर्ण इजलासले डिआईजी सिलवाललाई आईजीपी बनाउन आदेश दिएको थियो ।

तर, अदालतको फैसलापछि भने प्रकाश अर्यालको कामसु बढी देखाउँदै सरकारले उनैलाई आइजीपी बनाइसकेको छ । सरकारी छानबिनको क्रममा उनले अदालतमा फर्जी कामसु पेश गरेको खुल्न आएको मात्रै थिएन सोही प्रकरणमा उनीमाथि छानबिन समेत भइरहेको छ । 

श्रोत : रातोपाटी

 

प्रकासित मिति

Loading...

 

yummyfood