annapurna add

120584682 2594171470873655 5266625697258987832 n

महानगरीय प्रहरी कार्याल,रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बुधबार दिउसो महानगरीय अपराध महाशाखा मिनभवनको निरीक्षण तथा कर्मचारीहरूलाई निर्देशन सम्बोधन गरेका छन् ।

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेपाल प्रहरीको सफलताको सुचक अपराध अनुसन्धान भएकाले लोभ-लाभमा नपरी निश्पक्ष,पारदर्शी र भेदभाव रहित अनुसन्धान गरि पिडितलाई न्याय दिनु पर्ने बताए ।

महाशाखा अनुसन्धानको बिशिष्टिकृत क्षेत्र भएकाले प्राप्त सूचनाको सहि विश्लेषण गरी तल्काल सेवा प्रवाह गर्न निर्देशन दिदै प्रहरीको अनुसन्धानले नै दोषी प्रमाणित हुने र पीडितले न्याय प्राप्त गर्ने भएकाले गहन रूपमा सफल अनुसन्धान गर्नु पर्ने बताए । अपराध अनुसन्धानमा पोख्त जनशक्ती महाशाखामा भएकाले आफ्नो जिम्मेवारीमा कुनै कसर बाकी कार्य गर्नुपर्ने पनि पोखरेलले बताए ।

कोभिड १९ का कारण लकडाउन अबधी समाप्त भई ब्यापारिक क्षेत्रहरू खुलेको र आसन्न चाडपर्वमा घटना घट्न सक्ने भएकाले त्यसलाई निराकरण गर्नेगरी कार्य गर्न निर्देशन दिदै लोभ, लाभमा टाढा रहनु भन्दै कुनै पनि कमि कमजोरीलाई पनि आफुले माफ गर्न नसक्ने, कारवाही गर्ने र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्ने पोखरेलले स्पष्ट पारे ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...