annapurna add

महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेललाई प्रहरीको भावी संगठन प्रमुखका रूपमा अगाडि बढाउने तयारी भएको छ ।

POLICE DIGप्रहरी प्रवक्ताको जिम्मेवारी कुशलताका साथ निभाएपछि पोखरेललाई महानगरीय प्रहरी कार्यालयको नेतृत्वको जिम्मेवारी दिइएको थियो ।

सुरक्षा संवेदनशील मानिएको उपत्यकाको कमान्डरका रूपमा खटाइएका उनलाई आगामी प्रहरी महानिरिक्षक (आईजी)का रुपमा नियुक्त गरे तत्कालिन आईजी प्रकाश अर्यालको नियुक्ति हुने बेला देखिएको समस्या नआउने सरकारी बुझाई छ ।

हालै मात्र उपत्यकाका विभिन्न युनिटको नेतृत्व गर्ने प्रहरी अधिकारीलाई बोलाएर कडा निर्देशन दिएका डिआईजी पोखरेललाई सरकारले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका लागि पनि चासो देखाएको छ ।

त्यसैले तीन जनालाई एआईजीमा बढुवा गर्ने सूचीमा उनको नाम चर्चामा छ । आईजीको जिम्मेवारीमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेपछि सरकारले एआईजी नियुक्तिको तयारी थालेको छ ।

प्रहरी नियमावलीअनुसार तीन जना एआईजी नियुक्त गर्नुपर्ने हुन्छ । जसमा ज्ञवालीका ब्याची तारणीदत्त लम्साल र सूर्यप्रसाद उपाध्याय सँगै डिआईजी पोखरेललाई बढुवाका लागि छलफल चलेको स्रोतले जनाएको छ ।

प्रहरीमा केही बर्षदेखि रहेको डिआईजीबाट आईजीमा नियुक्ति दिनुपर्ने परम्परालाई तोड्नका लागि पनि संगठनमा अब्बल देखिएका डिआईजी पोखरेललाई एआईजीका लागि उपयुक्त पात्र ठान्दै सरकारले गृहकार्य सुरु गरेको हो ।

‘प्रहरीमा युवा नेतृत्व अगाडि ल्याउने र एआईजीबाटै आईजी नियुक्तिको रीत बसाउनका लागि डिआईजी पोखरेलको बढुवा हुनसक्छ’, सरकारी स्रोतले भन्यो,‘हालका आईजी पनि डिआईजीबाट नै नियुक्त भयो । अब एआईजीमा उनका ब्याची र घर जाने उमेर र पदावधि भएका अधिकृत ल्याए फेरि पनि उही अवस्था आउँछ । त्यसो हुन नदिने सोचमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत हुनुहुन्छ ।’

निवर्तमान आईजी सर्वेन्द्र खनालसँगै तीन एआईजी र १८ डिआईजीको पदावधि सकिएपछि ति पद खाली छन् ।

‘यी पदमा अनिवार्य बढुवा हुनेछन् । तर यो अनिवार्यताले पनि नेतृत्व नियुक्तिका बेला एआईजीमा रहने अवस्थाका कोही हुँदैनन्’, स्रोतले भन्यो,‘त्यसैले जुनियर ब्याचमा रहे पनि काम कर्तव्य र प्रहरीप्रतिको निष्ठालाई हेरेर पोखरेललाई अघि बढाउने तयारी भएको हो ।’

पोखरेलले एसपी हुँदा विभिन्न जिल्ला र एसएसपी हुँदा काठमाडौं परिसरको नेतृत्व समेत राम्रोसँग गरेका कारण ब्याचकै एक नम्बरका हिसाबले अगाडि बढाइएको सरकारी सुत्रले जानकारी दिएको छ ।

‘प्रहरीको संगठनमा आगामी आईजी को हुने भन्ने चर्चालाई अस्वभाविक हुन नदिन र रोलक्रममा नै संगठन प्रमुख तयार पार्न पोखरेल उपयुक्त पात्र हुन्, उनको ब्याचका कोही पनि डिआईजी नभएका कारणले पनि सरकारका लागि उनलाई बढाउन सजिलो हुन्छ’, स्रोतले भन्यो ।

नेपाली सेनामा आगामी प्रधानसेनापति कसलाई बनाउने भन्ने विषयमा कुनै समस्या नहुने अवस्था जस्तै नेपाल प्रहरीमा पनि पोखरेल अगाडि बढ्दा त्यसपछि समस्या नदेखिने परामर्शमा गृह मन्त्रालयका अधिकारी रहेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर