annapurna add

87820719 2906913562700938 8666422238645321728 oजनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवसको सम्झनामा दिप प्रज्वलन गर्ने भएको छ । रम्तेलको २५ औँ स्मृति दिवसको सन्दर्भ पारेर भोली बेलुका ५ बजे माईतिघर मण्डलामा दिप प्रज्वलनको आयोजना गरिएको अनेरास्ववियूका प्रभावशाली नेता पवन कार्कीले जानकारी दिए । कार्यक्रम अनेरास्ववियू केन्द्रिय कमिटिले आयोजना गरेको हो ।

यस्तो छ रम्तेलको ईतिहास :

नेपालको इतिहासमा पहिलो पटक देशैभरी एउटै समयमा कतै सांकेतिक र कतै हातहतियार सहित विद्रोहात्मक आक्रमण गरिएपछि तत्कालिन राजतन्त्रात्मक बहुदलीय सत्ताका पृष्ठपोषकहरुबाट देशैभर खोजतलास,अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाएको थियो ।

गोर्खा-सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक विरबहादुर गुरुङलाई हतियारसहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ गाविस-२ स्थित ब्रम्हाचारिनी नि.मा.वि.मा विद्यार्थी र प्रहरी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर गोरखा जिल्ला पन्द्रुङ गाविस-३ निवासी कक्षा- ४ मा अध्ययनरत १० वर्षीय दिलबहादुर रम्तेलको ०५२ फागुन १४ गते घटनास्थालमै मृत्यु भयो । शिक्षक गुरुङलाई गोरखा सिम्जुङ गा.वि.स.स्थित सेभ द चिल्ड्रेनको कागजात जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । जनयुद्धका पहिलो शहीदको रुपमा दिलबहादुर रम्तेललाई घोषणा गरेको छ। यो कुरालाई इन्सेकको प्रतिवेदनमा पनि खुलाइएको छ ।

पहिलो चरणमा अपनाइएका प्रचारात्मक, एक्सनल तथा हिट एण्ड रन जस्ता विविध विद्रोहात्मक कारवाही सहित अघि बढ्दै गर्दा जनयुद्धका यी चौधदिनमा ज्यानै जानेगरी भएको यो पहिलो घटना थियो । पार्टीले रम्तेललाई महान जनयुद्धको प्रथम शहीद घोषणा गर्यो । यो युद्ध सर्वहारा वर्ग र राज्यद्वारा विभेदमा पारिएका जाति, क्षेत्र, लिङ्गको मुक्तिका खाँतिर थालनी गरिएको हो भन्ने कुरा उत्पीडित पक्षले गहीरो गरी आत्मसात गरेकोले एउटा मजबुत आत्मविश्वासका साथ थालिएको विद्रोह हो भन्नेमा सरकार वेखबर थिएन । माग पुरा नगरिए विद्रोह संगठित गर्नु आफूहरुको बाध्यता हुनेछ भन्ने आशय जनित ४० बुँदे मागपत्र (४/५ महिनाअघि) पेश गर्न जाँदा माग सुन्नु त परको कुरा भेटसम्म पनि अश्विकार गरेका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले जनयुद्धको पहिलो योजनाले पूर्णता पाउँदा नपाउँदै वार्ताको आह्वान गरे ।

जनताले उठाएका माग सम्बोधनतिर बेवास्ता गर्ने, फगत वार्ताका कुरा गरेर अल्मल्याउने र दमन गर्ने ध्येय रहेको सो वार्ता प्रस्तावले अन्ततः जनयुद्धको विकास र विस्तारको निमित्त वैधानिक र अवैधानिक संघर्ष बिचको तालमेल तथा सरकारी रबैयाको भण्डाफोरका लागि अत्यन्त सुन्दर वातावरण प्रदान गर्‍यो । वैधानिक मोर्चाहरु, मानवाधिकारवादी संस्थाहरु तथा जनवर्गीय संगठनहरुले सशस्त्र विद्रोह निम्त्याएको प्रष्ट्याउँदै किलोसेरा जस्ता जघन्य श्वेत आतङ्की अप्रेसन मञ्चनदेखि मानिसलाई जिउँदै आँखा निकाल्ने, मट्टितेल खन्याएर जिउँदै जलाउने गरेका घटनाहरु बारे सार्वजनिक रुपमा भण्डाफोर गर्न थाले।

जनतामाथि भएको अनावश्यक सरकारी क्रुर दमन र राज्यआतंक नै सशस्त्र विद्रोह शुरु हुनुको प्रमुख कारण थियो भन्ने कुरा प्रष्ट्याए । साथै खुलेर जनतालई सुनाउने/बुझाउने मौकाको सदुपयोग गरे । दिनानुदिन मुक्तिको अगाडि मृत्यु सामन्यीकरण हुँदै गयो । सामान्य प्रचारात्मक पहिलो योजनाले छापामार युद्धको रुपमा विकास गर्ने दोश्रो रणनीतिक योजना लाई सरलतापूर्वक जन्म दियो। सत्तासीन दलदेखि प्रतिपक्षी दलहरुसम्मको बिचमा जनयुद्धलाई हेर्ने र बुझ्ने सवालामा तीब्र अन्तरविरोध शृजना गर्दै अघि बढ्दै गयो ।

दोश्रो रणनैतिक योजना सम्पन्न गर्ने क्रमसम्म (झण्डै डेढबर्ष) पुग्दा नपुदै क. विजय घले र क. तीर्थ गौतम लगायत दर्जनौँ होनाहार कामरेडहरुले शहादत प्राप्त गरिसकेको रिपोर्ट आइरहेको थियो ।संघर्षमा क्षतिको पीडा कति हुन्छ भोग्नेहरुलाई नै बढी ज्ञात हुने त छँदैछ । तथापि शहादत आफैमा संघर्षको विकासका लागि भने बलिरहेको आगोमा पेट्रोल बन्ने गर्दछ । शहीदको रगत रक्तबीज बनेर फैलिन थाल्यो । सोचिए र अनुमान गरिएभन्दा निकै द्रुतगतिमा जनयुद्धको विकास हुँदै गयो ।

प्रत्येक युद्धयोजनाको समीक्षात्मक बैठक, भेला र सम्मेलनहरुमा नेपालको राजनीतिक संघर्षको इतिहासलाई केलाउने अध्ययन गर्ने र विशेषतः कम्युनिष्ट आन्दोलनको संक्षिप्त समीक्षा, मुल्यांकन, विष्लेषण र संश्लेषण गर्दै त्यसबाट प्रेरणा लिन थालियो । अध्यक्ष कामरेड प्रचण्ड (तत्कालिन महासचिव) बाट २०५८ को दोस्रो राष्ट्रिय सम्मेलनमा महान अग्रगामी छलाङ नामक योजना प्रस्तुत गर्दै कम्युनिष्ट आन्दोलनका श्रष्टाहरुका बारेका गलत बुझाई र ब्याख्यालाई सँच्याइयो । कमरेड पुष्पलालका योगदानलाई अवमूल्यन गरेर वहाँप्रति लगाइएको ‘गद्दार पुष्पलाल’ भन्ने बिल्लालाई च्यातचुत पारियो । कामरेड कामी बुढादेखि भिमदत्त पन्त सम्मका इमान्दार क्रान्तिकारीहरुको निष्ठापूर्ण योगदानको उच्च संश्लेषण गरियो । नेपाली कम्युनिष्ट आन्दोलनमा रहेका सीमा-समस्यालाई सच्याउँदै वीर शहीदहरु र अग्रजहरुका योगदानको कदरपूर्वक सम्मान गरियो ।

कम्युनिष्ट आन्दोलनको इतिहासमा सामन्त तथा दलाल नोकरशाही सत्ताको विरुद्ध पहिलो हतियार उठाएको क्रान्तिकारी कदमको रुपमा झापा आन्दोलनको उच्च मुल्यांकन सहित अपनत्व लिइयो । विस्मृतिमा परेका तमाम शहीदहरु लगायत विशेषतः २०५२ फागुन १४ गते तत्कालिन शाही सत्ताले हत्या गरेका जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेल र पञ्चायती सरकारले झापा आन्दोलनका नेताहरु क. रामनाथ ढकाल, क. नेत्र घिमिरे, क. विरेनसिंह राजवंशी, क. कृष्ण कुईंकेल र क. नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेको दिन २०२९ फागुन २१ लाई सम्बोधन हुने गरी फागुन १४-२१ लाई शहीद स्मृति सप्ताहको रुपमा ब्याख्या गरेर सम्पूर्ण ज्ञात-अज्ञात अमर शहीदहरुको सम्मान र सम्झना गर्ने निर्णय लिइयो । त्यो महान जनयुद्धको प्रकृयामा जनताका झण्डै १३ हजार होनाहार सन्ततिहरुले जीवन उत्सर्ग गरे ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...