1478958692 banner ad format

 
 

काठमाडौँ - कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डीना वाङदेलको मंगलवार अमेरिकामा निधन भएको छ ।

Dina vanadela

पारिवारिक श्रोतका अनुसार रुघाखोकी बिग्रिएपछि वाङदेलको शल्यक्रिया गरिएको थियो । उपचाररत अवस्थामा मेनेन्जाइटिसबाट ग्रसित भएपछि उनको मंगलवार नेपाली समय अनुसार बिहान ११:३० बजे निधन भएको हो । 

अमेरिकाको भर्जिनया विश्वविद्यालयले वाङदेललाई कला बिभागको प्रमुख वनाएर कतार पठाएको थियो । उनी ५ वर्षदेखि कतारमा कार्यरत थिइन् । ५४ वर्षिय वाङदेल प्रख्यात कलाकार लैनसिंह वाङदेलकी एक्ली सन्तान थिइन् । डिनाकी आमा, श्रीमान दिवाकार र दुई छोरा छन् ।

कलाकार अस्मिना रन्जितले डिनाले नेपाली कलाक्षेत्रमा निकै महत्वपूर्ण योगदान पुर्‍याएको बताइन् । ‘यो खबरले हामीलाई निकै ठुलो चोट परेको छ,’ रन्जितले भनिन्, ‘हामीलाई पत्याउनै मुस्किल परिरहेको छ ।’

प्रकासित मिति

Loading...

 

yummyfood