Dirga budhaअछाम । दुबै मिर्गौला फेल भएर उपचाररत २३ बर्षीय दुर्घ बुढाले सहयोगको अपिल गर्नु भएको छ । शनिबार एक अनलाइन टेलिभिजनमा अन्तबारर्ता दिदै उहाँले सहयोगको अपिल गर्नु भएको हो ।

आर्थिक अभावकै कारण परिवारका ३ जनाको ज्यान गएको र आफु पनि जिवन र मृत्युको लडाई लढिरहेकाले सहयोगी मनहरुका लागि पिडित दिर्घ बहादुर बुढाको नाममा कैलालीको लम्की शाखामा रहेको महाल्मी बिकाश बैकको खाता नं. ००६००६००४२३८३५०००००१ मा रकम जम्मा गरिदिन आग्रह गरिएको छ । सहयोगका लागि पिडित बुढाको सम्पर्क नम्बर ९८६८५५७३२६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

अछामको रामारोशन गाउँपालिकाको दुर्गम गाउँ अलेरीका २३ बर्षीय दिर्घ बुढा १ बर्ष देखि दुबै मृगौंलाको समस्याबाट पीडित छन । अन्तरबार्ताका क्रमा बुढाले आफू बाँच्न चाहेको बताउनु भयो । २३ वर्षीया बुढाले भन्नु भयो ‘मलाई बचाइदिनुहोस्, म बाँचेर देश र समाजको लागि काम गर्छु ।’

उहाँले भन्नु भयो मगौंला समस्याकै कारण आफुले आफ्नो भाई र आमा गुमाईसकेको र त्यहीँ पिडा सहन नसकेर दिदीले पनि ज्यान गुमाएकाले आफुलाई सहयोग गर्नु कोही नभएको बताउनु भयो ।

आर्थिक अभावकै कारण परिवारका ३ जनाको ज्यान गएको र आफु पनि एक बर्ष देखि मृगौंला रोगको सिकार भएको पत्ता लागेको बताउनु भयो । पिडित बुढाले एक बर्षदेखि धनगढीको सेती अस्पतालमा उपचार गराएको र हाल थप उपचारको लागि काठमाडौँ आएको बताउनु भयो ।

कैलालीको टिकापुरबाट बिज्ञान संकायबाट १२ पास समेत गरेका बुढाले जीवन रक्षाका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोगको आग्रह गर्नु भएको छ । उपचारका लागि पन्ध, बिस लाख सम्म लाग्ने हुँदा सबैले सहयोग गरिदिनसमेत आग्रह गर्नुभएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर