tealaya add

Bajhang districtnews kantipath

गणेश विक बझाङ - जिल्लाको सदरमुकाम चैनपुरमा खेलाडीहरुका लागी खेल मैदान र कर्वडहल को ब्यवस्था नहुँदा खेलाडीहरुलाई समस्या हुने गरेकोे छ ।

जिल्लामाको सदरमुकाम चैनपुरमा उचित खेल मैदान र कर्वडहलकोे उचित ब्यावस्था नभएकाले खेलप्रमीहरुलाई समस्या हुने गरेको हो ।

खेल मैदानको अभावमा आफुले करीव पाँच वर्ष अघिदेखी नेपाल कम्युनिष्ट पार्टी कार्यालको सानो खुल्ला चैरमा खेल सञ्चालन गनुपरेको नेपाल के,डब्लु, एफका केन्द्रीय अध्यक्ष पुस्पलाल रोकाया ज्वालाले बताउनुभयो ।

रोकायाले भने उचित खेल मैदान नहुदाँ कराँते, भलिबल, रिलेदौड, दौड लगाएत समान्य खेल सिकाउन र सिक्न पनी समस्या हुने गरेको अध्यक्ष रोकायाले बताए ।

बर्षेनी जिल्लामा खेलकुद विकासका लागी खेलमैदान निर्माणको लागि लिखित र मौखिक रुपमा आग्रह गर्दा पनि सुनुवाई नहुने गरेकोे उहाको भनाई छ ।

जिल्लामा हरेक बर्ष संचालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड लगायत अन्य प्रतियोगिता गर्नुपरेको पनि बिध्यालयको खेल मैदान प्रयोग गर्नुपरेको अर्का खेलाडी सिता खड्काले बताउनुभयो ।


जिल्लामा संचालन हुने खेलकुद कार्यक्रम साँस्कृतिक कार्यक्रम वा राजनीतिक आम सभा लगायत कार्यक्रमका लागि स्कुलको चौरमा गर्दा विद्याथीहरुको पठनपाठनमा बाधा हुने गरेको पत्रकार रमेश केशीले बताउनुभयो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर