1478958692 banner ad format

 
 

बनेपा । जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको निर्वाचन यही साउन २५ गते हुने भएको छ । 

District Coordination Committee Election Kavrepalanchok

मुख्य निर्वाचन अधिकृतको कार्यालय, धुलिखेलले जिल्लाको समन्वय समितिको निर्वाचनका लागि आज कार्यतालिका सार्वजनिक गर्दै स्थानीय तहमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गरेको छ । छलफलमा जिल्लाको स्थानीय तहको निर्वाचनमा सहभागी सबै दलको सहभागिता थियो । 

उक्त कार्यालयले आजै जिल्लामा रहेका १३ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २६ जनाको नामावलीसमेत प्रकाशन गरेको काभ्रेपलाञ्चोकका निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिए । 

यही साउन १५ गते उम्मेदवारको मनोनयन दर्ता हुनाका साथै निर्वाचनको विभिन्न प्रक्रिया साउन १७ गतेसम्म जारी रहने र साउन २५ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । यो निर्वाचनमा निर्वाचित जनप्रतिनिधि मात्रै उम्मेदवार हुन पाउँछन् । जिल्लामा नगरपालिका र गाउँपालिकासहित १३ स्थानीय तह छन् । समन्वय समितिको निर्वाचनबाट एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित तथा अल्पसंख्यक र अन्य गरी नौ जना निर्वाचित हुनेछन् ।

प्रकासित मिति

Loading...

 

yummyfood