1478958692 banner ad format

 
 

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए अनसन बस्ने बताएका छन्। डा केसीले केही समयका लागि सम्बन्धन स्थगित गरेर मात्र नहुने भन्दै खारेजीको माग गरेका हुन्।

Govinda Kc kantipath

‘केही समयका लागि स्थगत भनेर झुलाउने बहाना गरिँदैछ,’ डा केसीले भने, ‘त्यसकारण सम्बन्धन खारेज नगरे २१ गतेबाट पुन: अनसन बस्छु।’ उनले विगतका सम्झौता र चिकित्सा शिक्षा ऐन माथेमा प्रतिवेदन र सुझाव अनुसार नै आउनुपर्ने माग गरे।

त्रिवि कार्यकारी परिषद्ले काठमाडौं नेसनललाई दिएको सम्बन्धन हिजो स्थगन गरेको हो। कार्यकारी परिषद्ले गुपचुपमै साउन १२ गते काठमाडौं नेसनललाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो। तर, त्रिविको उक्त कदम बाहिर आएपछि सर्वत्र विरोध भएको थियो।

प्रकासित मिति

Loading...

 

yummyfood