1478958692 banner ad format

 
 

काठमाडौँ- अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिले सरकारी वार्ता टोली तयारीबिनै वार्तामा बसेको भन्दै तत्काल वार्तामा नबस्ने जनाएका छन्। डा. केसीका वार्ताटोलीका प्रतिनिधि डा. जीवन क्षेत्रीले सरकारले पूर्ण तयारी नगरेसम्म वार्तामा बस्नुको कुनै औचित्य नभएको बताएका छन्।

डा. केसीको मुख्य मागमध्ये चिकित्सा शिक्षा विधेयकका विषयमा दुई दिनको छलफलमा पनि आज कुनै निष्कर्ष ननिस्किएपछि डा. केसी पक्षधरले असन्तुष्टि जनाउँदै वार्तामा नबस्ने निर्णय गरेको हो।

डा. क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चिकित्सा शिक्षामा आमूल सुधारका लागि प्रभावकारी चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने लगायतका मागहरु राखेर डा. केसीले ११औँ पटक आमरण अनशन शुरु गर्नु भएको आज दशौं दिन हुँदा पनि उहाँका मागहरु सम्बोधन गर्नेतर्फ राज्यले देखाएको उदासीनताले हामीलाई दुखी बनाएको छ।'

चिकित्सा विधेयकबारे संसदीय समिति र मन्त्रीबीच छलफल

 व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा विचाराधीन चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा सम्बन्धित मन्त्री र सरोकार भएका पक्षबीच आज छलफल भएको छ । 

चिकित्सक डा गोविन्द केसीको जारी अनशन र उहाँसँगको वार्तालाई सहजीकरण गर्ने सन्दर्भमा भएको सो छलफलमा उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, पूर्व शिक्षामन्त्री धनीराम पौडेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा र प्रमुख दलका मुख्य सचेतकहरु सहभागी हुनुहुन्थ्यो । डा केसीको अनशन आज दशौं दिन पनि जारी छ । 

समितिका सभापति रञ्जुकुमारी झाको अध्यक्षतामा बसेको समितिको बैठकमा यसबारे थप छलफल गरी निष्कर्षमा पुग्ने समझदारी भएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood