1478958692 banner ad format

 
 

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताहरु अनशनरत डा. गोविन्द केसीको प्रमुख मागका रुपमा रहेको चिकित्सा शिक्षा विधेयक संसदबाट पास गर्न सहमत भएका छन्।

Govinda KC min1

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको शीर्ष बैठकमा माथेमा प्रतिवेदनका आधारमा र डा. केसीको मागअनुसार विधेयक अघि बढाउने सहमती भएको हो। विधेयक अघि बढाउने सहमति गरेका शीर्ष नेताहरुले डा. केसीलाई अनशन अन्त्य गर्न आग्रह पनि गरेका छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १२औँ दिनदेखि अनशनरत डा. केसीको मागका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठकको आह्वान गरेका थिए। बैठकमा पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पनि उपस्थित थिए। यस्तै बैठकमा दलका शीर्ष नेताहरु, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, महिला बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जु झा, विधेयकको छलफलमा सहभागी सांसदहरु, माथेमा कार्यदलका सदस्य डा. भगवान कोइराला लगायतको सहभागिता थियो।

बैठकपछि बोल्दै सरकारका तर्फवाट निर्माण भएको वार्ता कमिटीका संयोजक शान्तराज श्रेष्ठले सार्वभौम संसदले विधेयक अघि बढाउने भएकाले डा. केसीले अनशन तोड्नुपर्ने आग्रह गरिएको जानकारी दिए।

उनले भने, ‘चिकित्सा विधेयक अगाडि बढाउन सरकार र सबै दल सकारात्मक रहेकाले डा. केसीलाई अनशन तोड्न बैठकले आग्रह गरेको छ।’

संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा रहेको विधेयक कहिले र कुन रुपमा अघि बढ्छ भन्ने विषयमा भने श्रेष्ठले केही बताउन चाहेनन्। उनले पन्छिन खोज्दै भने, ‘कानुन बनाउने अधिकार संविधानले सार्वभौम संसदलाई दिएकाले त्यही रुपमा अघि बढ्छ।’

अहिले उठेका सम्पूर्ण मुद्दालाई सम्बोधन गर्ने गरी विधेकयलाई टुंगो लगाउने प्रधानमन्त्रीको प्रतिबद्धता लिएर आफू डा. केसी समक्ष जाने उनले बताए।

प्रकासित मिति

Loading...

 

yummyfood