२०७४ असार २४ गते गुरूपूर्णिमाकाे दिन ब्रह्मलीन हुनुभएकाे महेश सन्यास अाश्रमका पिठाधीश्वर १००८ डा. स्वामी रामानन्द गिरिजि महाराजकाे अाज पन्ध्राैँ दिनकाे शुभ पुण्यतिथिमा देबघाटधामस्थित महेश सन्यास अाश्रममा शाेक सभा दिउँसाे बजेदेखि प्रारम्भ भएर ५ बजे सम्पन्न भयाे ।

Dr. Swami Ramanand Giriju

उक्त सभाका लागि देश तथा विदेशका विभिन्न स्थलबाट महात्मा तथा भक्तजनहरू अाउने क्रम जारी नै छ । शाेकसभामा नेपाल तथा भरतका साधुसन्त, कथा वाचक, नेपाल विश्वविद्यालयका प्राध्यपक,नेपाल तथा भारतका सन्त सन्यासी,विभिन्न विद्यापीठ, गुरूकुल तथा विद्यालयका प्रतिनिध, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा शुभचिन्तकहरूले श्रद्धाञ्जली अर्पण गर्नुभयाे ।

धादिङ जिल्लाकाे केबलपुर गा.वि.स.मा पण्डित पूर्णप्रसाद सुवेदी तथा माता तिलकुमारी सुवेदीका सुपुत्रका रूपमा वि.सं २००३ साल भदाै १० गते परम श्रद्धेय गुरूज्यूकाे यस पवित्र धराधाममा जन्म भएकाे थियाे ।

प्रारम्भिक शिक्षा अाफ्नै पिताबाटै घरमै प्राप्त गरेकाे भएपनि माध्यमिक शिक्षा भने रानी पाेखरी पाठशालाबाट लिनुभएकाे थियाे । पछि उहाँले त्रि.वि.वि.बाट सञ्चालित वाल्मीकि विद्यापीठबाट शाङ्कर वेदान्त विषयकाे अाचार्य परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरी साेहि विश्वविद्यालयबाट नै " राजर्षि जनकका सिद्धान्तका समीक्षात्मक अध्ययन" विषयमा विद्यावारिधि (पिएच्.डी.) गर्नुभएकाे हाे ।

परम श्रद्धेय गुरूवर १००८ डा. रामानन्द गिरिजि महाराजले वैदिक सनातन धर्म र संस्कृतिकाे संरक्षण, संवर्द्धन, एवं संस्कृत शिक्षाकाे प्रचार प्रसार गर्ने मूल उद्देश्यका साथ समाजका हरेक क्षेत्रमा नवचेतना र जागरण ल्याउन सक्ने, समाज सेवामा समर्पित, अनुशासित, सच्चरित्रवान्, कर्तव्यनिष्ठ, दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर परम पवित्र तीर्थस्थल देवघाटधाममा वि.सं २०५० मा महेश सन्यास अाश्रम र वि.सं २०५२ मा महेश संस्कृत गुरूकुलकाे स्थापना गर्नुभएकाे छ ।

साे गुरूकुलमा नि.मा.वि. तहदेखि स्नातकाेत्तर तहसम्मकाे अाैपचारिक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएकाे छ। उक्त गुरूकुलमा हाल १५१ जना छात्रहरूले शास्त्रीय विषयकाे शिक्षा हासिल गरिरहेका छन् । उहाँकाे लगभग २ दर्जन कृतिहरू प्रकाशीत छन् । रात्रीकालीन प्रहरमा कविगाेष्ठी गरी विभन्न स्थलबाट अाउनुभएका साहित्यकारहरूले कवितामार्फत् श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम र ८ गते षाेडशीपूजन, पीठाधीश चयन र भण्डारा रहेकाे कुरा महेश संन्यास अाश्रमले जानकारी दिएकाे छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर