काठमाडौं । उपत्यकामा बुधबारबाट ट्याक्सी चाकलले अनिवार्य रुपमा पहेँलो ज्याकेट लगाउनुपर्ने भएको छ । ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्तकुमार पन्तका अनुसार चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा ड्रेसको सट्टा ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने व्यवस्था गरिएको हो ।

आजै सुन्धारामा ५ सय ट्याक्सी चालकलाई ज्याकेट वितरण गरी पहेँलो ज्याकेट लगाउनुपर्ने कार्यको सुरुवात गरिएको हो।

चालकको कोडको रुपमा पहेँलो रंगको ‘फ्लोरेसेन्ट’ ज्याकेटलाई सरोकारवाला निकायको समन्वयमा प्रयोगमा ल्याइएको हो । यो ज्याकेट रातिको समयमा पनि चम्किने भएकोले यात्रुको सुरक्षा, चालकको पहिचान र अपराध न्युनिकरणमा सहयोग पुग्ने छ ।

ज्याकेट अनिवार्य रुपमा लगाउन पहिलो चरणमा चालकलाई सचेत गराउने र अटेर गरे कानुनी दायरामा ल्याइने एसएसपी पन्तले बताए । उपत्यकामा ११ हजारबढी ट्याक्सी चालक रहेको महाशाखाले जनाएको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पनि एक महिनाभित्र सबै चालकले अनिवार्य लगाउनुपर्ने व्यवस्था रहेको बताए ।

‘‘फ्लोरेसेन्ट ज्याकेटले चालकलाई पेशाप्रति जिम्मेवार र यात्रुलाई पनि ज्याकेटबाटै चालकको पहिचान गर्न सजिलो हुन्छ,’’ एसएसपी पन्तले भने ।

ज्याकेट स्वयं ट्याक्सी चालकले खरिद गर्नुपर्नेछ ।

‘‘फ्लोरेसेन्ट ज्याकेटले चालकलाई पेशाप्रति जिम्मेवार र यात्रुलाई पनि ज्याकेटबाटै चालकको पहिचान गर्न सजिलो हुन्छ,’’ एसएसपी पन्तले भने ।
ज्याकेट स्वयं ट्याक्सी चालकले खरिद गर्नुपर्नेछ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...