काठमाडौँ - अमेरिका सरकारले सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आजदेखि आवेदन दर्ता गर्न सकिने जनाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने निर्णय गरेको हो । अन्तिम पटक भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुलेको हो ।

DV application open

नेपाल स्थित अमेरिकी दूतावासले सोमवार एक विज्ञप्ति प्रकाशित गरी असोज १७ गते मंगलवार (आज) राती ९ः ४५ बजेदेखि आवेदन भर्न सकिने जनाएको हो । दूतावासका अनुसार डिभी चिट्ठाका लागि कात्तिक २२ गते रातको पौने एघारसम्म आवेदन दिन सकिनेछ।

 

करिब एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिने सुझाव दिएको छ।

सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई डि भी) आवेदन फारम भर्न सक्नेछन् । यस वर्षको डिभीको नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ । त्यस्तै डिभी पर्नेहरुले सन् २०१८ को अक्टोबरबाट भिसा पाउन थाल्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यनिति आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भए पनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधेयक पारिद गर्न नसक्दा डिभीको अवधी एक वर्ष लम्बिएको हो । आउँदो आर्थिक वर्षमा यदी विधेयक पारिद भएमा डिभी बन्द हुनेछ ।

यस्तो छ अमेरिकी दूतावासको सूचना :

सन् २०१९ को डि.भी. कार्यक्रम खुला

सन् २०1९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता अवधि अक्टोबर ३, २०१७ (२०७४ असोज 1७) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ र नोभेम्बर 7, २०1७ (२०७४ कार्तिक 2१) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको १०:४५ बजे) बन्द हुनेछ । हामी डि.भी. आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर