tealaya add

काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्दैछ ।

embrossed numberplate min

इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुनेछन् । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

‘इम्बोस्ड नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिन्छ, यो नम्बर प्लेट भएका सवारी कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न उपत्यकाका पाँच नाका र उपत्यका बाहिर पाँच स्थानमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन केन्द्र स्थापना गरिनेछ,’ उनले भने ।

केन्द्रबाट यो नम्बर प्लेट भएका सवारी कहाँ के गर्दै छन् भन्ने जानकारी लिन सकिन्छ । सवारीमा विद्युतीय नम्बर प्लेट राखिसकेपछि दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिन्छ । यसका लागि अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको विभागले जनाएको छ ।

पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नम्बर प्लेट राख्ने विभागको योजना छ ।

यो नम्बर प्लेट राख्न ठूला चारपांग्रे सवारीका लागि रु तीन हजार ६००, मझौला चारपांग्रे सवारीका लागि रु तीन हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि रु दुई हजार ९०० र मोटरसाइकललगायत सवारीका लागि रु दुई हजार ५०० दस्तुर तोकिएको छ ।

सोमबार बिहान विभागमा आयोजना हुने विशेष कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कामको शुभारम्भ गर्ने कार्यक्रम छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...