tealaya add

काठमाडौं – कमजोर भू–धरातल र  बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ। वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने तीन सय ४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन्। 

event disaster

नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट १०, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक, हावाहुरीबाट आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीन जनाको मृत्यु भएको छ। आगलागीबाट ३५, पहिरोबाट दुई, चट्याङ लागेर एक सय २८, विभिन्न जनावरको आक्रमणबाट ३२, हावाहुरीबाट एक सय ४१, हिमपहिरोबाट एक र अन्य विपद्का कारण चार जना घाइते भएको नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले जानकारी दिए। 

तथ्याङ्कअनुसार दुई महिनाको अवधिमा आगलागीबाट ९९ करोड ३४ लाख ९१ हजार रुपैयाँ, बाढीका कारण एक करोड ९७ लाख, पहिरोबाट १३ लाख ४५ हजार, चट्याङबाट २३ लाख १४ हजार, जनावरको आक्रमणबाट चार लाख ४० हजार र हावाहुरीबाट चार करोड ९० लाख २४ हजार रुपैयाँ बराबरको क्षति भएको छ। 

२०७५ वैशाखदेखि चैतसम्म विपद्का कारण तीन सय ८८ जनाको मृत्यु हुनुका साथै एक हजार तीन सय पाँचजना घाइते र १० जना बेपत्ता भएका छन्। यस्तै तीन हजार एक सय ७५ पशुचौपाया मरेका छन् भने दुई हजार पाँच सय १६ घरमा क्षति पुगेको छ। पाँच सय ९ परिवार विस्थापित तथा दुई अर्ब ५१ करोड एक लाख २७ हजार रुपैयाँ बराबरको क्षति भएको छ।  

प्रहरी वरिष्ठ उपरीक्षक चौधरी नेपाल प्रहरीले सीमित स्रोत र साधनका बाबजुत विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताउँछन्। २०६८ चैतमा नेपाल प्रहरीको विपद् व्यवस्थापन शाखा स्थापना भएको हो। पछि २०६९ सालमा प्रतिकार्य दल हुँदै सोही वर्ष विपद् व्यवस्थापन महाशाखाको रुपमा परिणत भएको हो। प्रहरीको विपद् व्यवस्थापनतर्फ हाल एक हजार तीन सय २२ दरबन्दी रहेको चौधरीले बताए। ‘केन्द्रमा चार सय ४७ र सातै प्रदेशमा विपद् व्यवस्थापन गुल्म स्थापना गरी एक सय २५ जनाको दरबन्दी कायम गरिएको छ,’ उनले भने।  विपद् व्यवस्थापनको क्षेत्रमा तालिमसमेत प्रदान गरिँदै आएको छ।  

महाशाखाका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडा महाशाखाले प्राथमिक उपचार, खोज तथा उद्धार, कुकुर परिचालन, पर्वतीय खोज तथा उद्धार, डोरीबाट खोज तथा उद्धारका साथै पौडी टोलीलाई आवश्यक तालिम प्रदान गर्दै आएको बताए।  असार लागेसँगै देशभर मनसुन सक्रिय भई भारी वर्षा हुन्छ।

मनसुनका कारण वर्षा बढी हुने भएपछि बाढी पहिरोको जोखिम बढ्दै जान्छ। विपद् व्यवस्थापन विज्ञ एवम भूगर्भविद् डा. कृष्ण देवकोटा बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण महाभारत श्रृङ्खला र पहाडी क्षेत्रमा पहिरो जाने क्रम बढेको बताउँछन्। 

प्राकृतिक एवम भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ। चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरो जाने क्रममा वृद्धि भएको हो। डा. देवकोटा महाभारत शृङ्खला र चुरे क्षेत्रमा एकखाले चिरा परेका कारण पहिरो बढी जाने गरेको बताउँछन्। चिरा नियन्त्रण गर्नका लागि वन संरक्षण र बायो–इञ्जिनियरिङ गर्नुपर्ने उनको भनाइ छ। मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम छ। रासस

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...