1478958692 banner ad format

 
 

कालीकोट । खाँडाचक्र नगरपालिका– ६ दाहांँमा सडक मर्मत गरेर फर्किने क्रममा जेसिवि मेसिन (स्काभेटर) दुर्घटना हुँदा दुईजनको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 



दुर्घटनामा सुर्खेत छिन्चुका जेसिवि चालक ३२ वर्षीय तुलाराम धौलाकोटी र खांँडाचक्र नगरपालिका– ६ का ६० वर्षीय विष्णु शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रास्कोट नगरपालिका– ६ का छत्रबहादुर बम घाइते भएका छन् । 

घाइते बमलाई नेपाली सेनाको हेलिकप्टरमा कोहलपुर मेडिकल कलेज, नेपालगन्ज पठाएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले जानकारी दिए । 

प्रकासित मिति

Loading...

 

yummyfood