annapurna add

humla mela 6 1जनैपूर्णिमाको अवसरमा हुम्लामा मेला लागेको छ । साउने पूर्णिमाको अवसरमा सिमकोट गाउँपालिका स्थित वडा नम्बर ६ को कालाशिल्ताको माडुमा देवतामा विशेष पूजा हुने गर्दछ ।

एकदशीबाट ब्रत बसेका ‘धामी’हरु विशेष गरि त्रयोदशीबाट नाँच्न सुरु गर्दछन् । सोमबार बिहानैबाट कालाशिल्ता तथा बाँडपालको माडु (मन्दिर) मा पूजा गर्ने, होम गर्ने र दिउँसो धामी नाँच्ने गरिन्छ ।

माडुमा पुग्नु अगाडि स्याना र घरमा रहेको माडुहरुमा पनि धामीहरु मिलेर नाँच्ने गर्छन्। पूजाआजासहित साउने पुर्णिमामा नयाँ कपडा लगाउने, मिठो खानाका परिकार आफन्तलाई बोलाएर खुवाउने र राती देउडा पनि खेलिन्छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...