tealaya add

555555555555

बारा – कलैयामा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच सोमबार झडप भएको छ । झडपका क्रममा विद्युत प्राधिकरणका कर्मचारीहरुले बाँसको भाटा प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।

कलैया उपमहानगरपालिका– ९ रामपुरका रामबिहारी राउत अहिर, विरेन्द्र यादव र राजेश यादवको कलैयामा रहेको जिल्ला अस्पतालमा उपचार गरिएको छ । विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे तिर हाइ भोल्टेज करेन्ट प्रवाह हुँदा टिभी, फ्रीज, पंखा, पानी तान्ने मोटरलगायतका घरायसी विद्युतीय सामाग्रीहरु जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै उनीहरु विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए ।

विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका रामपुरका उपभोक्तामाथि प्राधिकरणका कर्मचारीहरुले बाँसको भाटा प्रहार गरेको रामपुरका स्थानीय कन्हैया महत्तोले बताउनुभयो । करिब ४०/५० जनाको संख्यामा पुगेका स्थानीयबासीन्दाले कार्यालय प्रमुख गजेन्द्र चौधरीलाई कार्यालय परिसरमा बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि विद्युत प्राधिकरणका कर्मचारीहरुले उनीहरु माथि आक्रमण गरेका हुन् ।

बिहान साढे ११ बजेदेखि प्राधिकरणको मुल गेट नै बन्द गरेर धर्नामा बसिरहेका प्रदर्शनकारी माथि प्रहरी पुगेपछि प्राधिकरणका कर्मचारीहरुले आक्रमण गरेको सानु मिया अन्सारीले बताउनुभयो ।

तर विद्युत प्राधिकरण कलैयामा कार्यरत फोरम्यान परबेज आलमले भने प्रदर्शनमा आएको अराजक भीडले कर्मचारीमाथि हातपात र आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि कर्मचारीहरुले प्रतिकार गरेको बताउनुभयो । प्रदर्शनकारीहरुको आक्रमणबाट आफूसहित दुई जना कर्मचारी सामान्य घाइते भएको उहाले बताउनुभयो ।

प्रहरीले तीनजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उपभोक्ता र कर्मचारीबीच झडप भएपछि कलैयामा रहेको विद्युत प्राधिकरण कार्यालय सोमबार बन्द भएको थियो ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर