1478958692 banner ad format

 
 

पोखरा - फेवातालको मुहान हर्पन खोलाले बगाउदा दुई युवा वेपत्ता भएका छन् । आज (सोमबार) दिउसो करिब ४ बजे तिर हर्पन खोलामा माछा मार्दै गरेका युवा खोलामा बगेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार माछा मार्न गएका पोखरा–लेखनाथ महानगरपालिका–३, नदीपुरका २४ वर्षिय ललीत पुन र इन्द्र पुनलाई बल्छी खेल्ने क्रममा खोलाले बगाएको हो ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले माछा मार्न गएका ७ जना मध्ये पाँचजना युवाहरु सकुशल रहेको र दुई जनालाई खोलाले बगाएको जानकारी दिए । पानीको भेल ठूलो भएकाले उनीहरुलाई खोलाले बगाएर ताल सम्म ल्याइ पुर्याएको हुन सक्ने आशंका गरिएको छ । उनीहरुको खोजीकार्य जारी छ ।

प्रकासित मिति

Loading...

 

yummyfood