tealaya add

umnewskantipath

हेटौंडा - नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली र हेटौंडा–५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले क्यान्सर पीडित एक महिलालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य समेत रहेकी रुपा खुलाललाई आर्थिक सहयोग गरिएको हो । स्तन क्यान्सरबाट पीडित खुलालको उपचारको लागि बिहीबार हेटौंडा–४ स्थित खुलालको घरमा पुगेर पराजुलीले नगद २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

त्यस्तै वडाध्यक्ष बानियाँले एक महिनाको आफ्नो पारिश्रमिक बापतको रकम बैंक खातामा जम्मा गर्ने वचन व्यक्त गरे । दुई वर्षदेखि स्तन क्यान्सरबाट खुलाल पीडित रहेकी छिन् ।

उनलाई हेटौंडा उपमहानगरपालिकाले समेत पाँच लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराइसकेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...