1478958692 banner ad format

 
 

धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लष्टिक शोरुम’मा बिहीबार राति भएको आगलागीबाट झण्डै रु ५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ । 

Fire dhangadi

शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत ठूलो क्षति पुगेको छ । स्थानीयवासी रामनाथ भट्टराईले चलाएको उक्त शोरुममा भएको आगलागीबाट कुर्सी लगायतका प्लाष्टिकजन्य व्यापारिक सामान जलेर नष्ट भएको छ । 

प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा धनगढी उपमहानगरपालिकाको दुईवटा दमकल र गोदावरी नगरपालिकाको एउटा दमकलको सहायतामा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएपछि वरिपरिका अन्य घरपसल आगो लाग्नबाट जोगिएका छन् । पटका पट्काउँदा निस्केको आगोको झिल्कोले आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।



http://bit.ly/2hR4JDk

प्रकासित मिति

Loading...

 

yummyfood