खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाको एक घरमा आगलागी हुँदा रु. ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

Fire police houseविद्युत सर्ट भएर घरमा प्रहरी सहायक निरीक्षक गोपी कटवालको दुईतले घरमा राखिएका छ तोला सुन, रु. २ लाख नगद, अन्न लगायत जल्दा रु ४८ लाखभन्दा बढीको क्षति भएको हो।

आगलागीबाट कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तन लगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए।

आज बिहान करीब ८:०० बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएको थियो।

कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक हुन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर